Blog

  • अघोषित लोडसेडिङ समस्या समस्या समाधान गर्न नगरप्रमुख सिंहको निर्देशन

    अघोषित लोडसेडिङ समस्या समस्या समाधान गर्न नगरप्रमुख सिंहको निर्देशन

    वीरगंज, २३ जेठ । वीरगंज महानगरका नगरप्रमुख राजेशमान सिंहले मंगलवार नेपाल विद्युत प्राधिकरण वीरगंज वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुवेलाई विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देश गरेका छन् ।
    वीरगंज र आसपासका क्षेत्रमा केही हप्तायतादेखि लगातार रूपमा भइरहेको अघोषित लोडसेडिङ र ट्रिपीड्ढो समस्याले जनजीवनमा पारेको असर नगरप्रमुख सिंहले बताए ।
    दुर्ई हप्तायता अचाक्ली बढेको गर्मीले जनजीवन नै अस्तव्यस्त भइरहेका बेला विद्युत आपूर्तिमा भइरहेको समस्याले वीरगंज र यस आसपासका वासिन्दा थप पीडित बनेको उनले बताए ।
    वीरगंज महानगरपालिकामै प्राधिकरणका प्रमुख दुवेलाई बोलाएर मेयर सिंहले छिनछिनमा लाइन कट्ने समस्या तत्काल समाधान गर्न निर्देशन दिए । प्रचण्ड गर्मीले आजित बनेका वीरगंजवासी छिन छिनमा लाइन कट्दा थप पीडामा परेको भन्दै मेयर सिंहले यो समस्या समाधानका लागि प्राधिकरणले तत्कालै काम थाल्नुपर्नेमा जोड दिए । केन्द्रका प्रमुख दुवेले समस्या समाधानका लागि वीरगंज क्षेत्रका थप २० स्थानमा नयाँ ट्रान्सर्पmमर राख्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्राधिकरणले तयारी गरिरहेको बताए । उनले नयाँ ट्रान्सर्पmमर जडानका क्रममा सहयोग गरिदिन उनले मेयर सिंहसंग आग्रह पनि गरे ।
  • मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

    मिटरब्याजीविरुद्ध मलङ्गवाबाट सबैभन्दा धेरै उजुरी

    सर्लाही, २३ जेठ
    सर्लाहीमा मिटरब्याजीविरुद्ध परेका एक हजार नौ सय २० उजुरीमध्ये सबैभन्दा धेरै मलङ्गवा नगरपालिकाबाट परेका छन् भने सबैभन्दा कम बागमती नगरपालिकाबाट परेका छन् ।
    अनुचित लेनदेन अर्थात् मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगले उजुरी माग गरेपश्चात् जिल्लाभरबाट एक हजार नौ सय २० वटा उजुरी परेकामा मलङ्गवा नगरपालिकाबाट मात्रै चार सय ५८ वटा उजुरी परेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार ईश्वरपुर नगरपालिकाबाट एक सय ३१, बरहथवा नगरपालिकाबाट एक सय २८, कविलासी नगरपालिकाबाट एक सय ६०, हरिपुर नगरपालिकाबाट एक सय ५१, ब्रह्मपुरी गाउँपालिकाबाट एक सय ४८ वटा उजुरी परेका छन् । बीस स्थानीय तह रहेको सर्लाहीमा ईश्वरपुर, बरहथवा, मलङ्गवा, कविलासी, हरिपुर, ब्रह्मपुरी गरी छवटा पालिकाबाट मात्रै ६० प्रतिशतभन्दा बढी उजुरी परेको प्रजिअ यादवले बताउनुभयो ।
    यस्तै हरिपुर्वा नगरपालिकाबाट ९०, बलरा नगरपालिकाबाट ८४, चन्द्रनगर गाउँपालिकाबाट ६८, लालबन्दी नगरपालिकाबाट ६७, गोडैता नगरपालिकाबाट ४९ र कौडेना गाउँपालिकाबाट ४७ उजुरी परेका छन् भने चक्रघट्टा गाउँपालिकाबाट ३७, धनकौल गाउँपालिकाबाट ३६, बसबरिया गाउँपालिकाबाट ३३, पर्सा गाउँपालिकाबाट ३२, विष्णु गाउँपालिकाबाट २३ र रामनगर गाउँपालिकाबाट पनि २३ उजुरी परेका छन् ।
    जिल्लाभरमा सबैभन्दा कम बागमती नगरपालिकाबाट पाँचवटा मात्रै उजुरी परेका छन् । उक्त कार्यालयले जेठ १४ गतेसम्म जिल्लाभरका मिटरब्याज पीडितहरुसँग उजुरी लिएको थियो । पीडितहरुले दिएका उजुरी पालिकागतरूपमा छुट्याउने काम पूरा गरिएको सहायक प्रजिअ होमप्रसाद घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार मिटरब्याज साहुको विवरणसमेत ‘एक्सल सिट’मा इन्ट्री गरेर राखिएको छ ।
    एक हजार नौ सय २० पीडितका उजुरी अब सम्बन्धित पालिकामै पठाएर त्यहाँ मिटरब्याजीविरुद्ध उजुरीसहित सम्बद्ध पक्षा तथा जनप्रतिनिधिको रोहवरमा पहिलो चरणमा छलफल गराई पालिकाबाटै समस्या समाधान गर्ने प्रयास गरिने सहायक प्रजिअ घिमिरेले बताउनुभयो । उहाँका अनुसार लिएको ऋणभन्दा दोब्बर÷तेब्बर बढीको कागज बनाएर मिटरब्याजी साहुले घरजग्गा नै लिलाम गरी उठिबासकै स्थिति सृजना गराएपछि जिल्लाका मिटरब्याज पीडितले पटकपटक र चरणबद्ध आन्दोलन गर्दै आएका थिए । अहिले आयोग नै गठन गरेर छानबिनको प्रक्रिया अघि बढ्दा न्याय पाउने आश पलाएको हरिवन नगरपालिका– २ का मिटरब्याज पीडित रामपुकार महतोले बताउनुभयो । उहाँका अनुसार आफूहरुले पटकपटक चरणबद्ध आन्दोलन गरेपछि राज्यको केही भए पनि ध्यान मिटरब्याजी पीडिततर्फ गएको छ ।
  • श्री एयरलाइन्सको जहाजको सिस्टम’ बिग्रिदा ५० माइल उडेपछि काठमाडौँ फर्कियो

    श्री एयरलाइन्सको जहाजको सिस्टम’ बिग्रिदा ५० माइल उडेपछि काठमाडौँ फर्कियो

    काठमाडौँ, २३ जेठ
    काठमाडौँबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि बिचबाटोबाटै जहाज काठमाडौँ फर्किएको छ ।
    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार काठमाडौ–धनगढी उडानको ड्यास आठ (–८) जहाज विमानस्थलबाट उडेर ५० माइल पुगेपछि जहाजको ‘प्रेसराइजेसन सिस्टम’ बिग्रिएको सङ्केत विमानचालक (पाइलट) ले पाएपछि जहाज काठमाडौँ फर्काएर सकुशल अवतरण गरिएको थियो । जहाजमा ७२ जना यात्रु सवार थिए ।
    प्रवक्ता सिटौलाले भन्नुभयो, “विहान धनगढी उडेको जहाज, प्रेसराइजेनस (जहाज हाई अल्टिच्युटमा जाँदा अक्सिजन तह सन्तुलन गर्ने प्रणाली) मा समस्या देखिएपछि जहाज ५० माइल उडेपछि पुनः काठमाडौ फर्काइएको थियो, उक्त जहाजका यात्रुलाई विहान १०ः३० बजे अर्के जहाजको उडानबाट गन्तव्य लगिएको छ ।”
    काठमाडौँ विमानस्थलबाट विहान ८ः३० बजे धनगढीका लागि उडान भरेको जहाजमा प्रेसराइजेसन सिस्टमले काम नगरेपछि बिचबाटोबाटै फर्काइएको विमानस्थले जनाएको छ । उक्त जहाजका यात्रुलाई वैकल्पिक व्यवस्था गरेर गन्तव्य पुर्‍याइएको पनि थियो ।
    श्री एयरलाइन्सका व्यवस्थापक अनिल मानन्धरले जहाजमा केही प्राविधिक मर्मतपछि सञ्चालनमा आइसकेको बताउनुभयो ।
  • मधेशमा ३ डिग्री सेल्सियस तापक्रम बढ्यो

    मधेशमा ३ डिग्री सेल्सियस तापक्रम बढ्यो

    बारा, २३ जेठ । मधेसमा गत वर्षको तुलनामा यस वर्ष तीन डिग्री सेल्सियसले गर्मी बढेको छ । नागरिक उडडयन कार्यालय सिमराका मौसम शाखाका सहायक मौसम विज्ञ लक्ष्मण प्रसाद न्यौपानेका अनुसार बारामा गत वर्षको तुलनामा ३ डिग्रीले तापक्रम बढेको बताएका छन् ।
    यस वर्ष सिमरा आसपास अधिकतम तापक्रम ४२ डिग्री सेल्सियससम्म पुगेको छ भने गत वर्ष यस क्षेत्रमा अधिकतम तापक्रम ३९ डिग्रीसम्म रहेको उनले जानकारी दिए । वर्षभरिको तापक्रम मापन हेर्दा गत वर्ष अधिकतम ३८ दशमलव ८ डिग्री तापक्रम मापन भएकोमा यो वर्ष ४१ दशमलव २ डिग्री तापक्रम रेकर्ड भएको छ, मे ३१ तारिखमा सिमरा विमानस्थलमा रेकर्ड भएको तथ्याङ्क हो यो, सहायक मौसम विज्ञ न्यौपानेले भने । हावामा ‘मोस्चर’ (पानीको मात्रा) घट्दो रहेकाले तापक्रम अझ बढ्ने सम्भावना रहेको उनले बताए ।
    जल तथा मौसम विज्ञान फिल्ड कार्यालय सिमराको यो तथ्याङ्क सिमरा आसपासको भए पनि जिल्लाको दक्षिणतर्पm भने तापक्रम अझ बढी रहेको अनुमान गरिएको छ ।
  • ५ किलो गाँजासहित १४ वर्षीय बालक पक्राउ

    ५ किलो गाँजासहित १४ वर्षीय बालक पक्राउ

    वीरगंज, २३ जेठ । पर्सा जिल्ला जीराभवानी गाउँँपालिका वडा नं. १ सडकखण्डबाट ५ किलो गाँजासहित १४ वर्षीय बालक पक्राउ परेका छन् ।

    प्रहरी चौकी महादेवपट्टीले बा.प्र.०३–००५ प ४४२९ नम्बरको मोटरसाइकलमा सवार १४ वर्षीय बालकलाई चेकजांच गर्ने क्रममा उनले पिठ्युमा बोकेको झोलाभित्र गाँजा ५ के.जी. बरामद भएको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ । पक्राउ परेका बालकलाई लागु औषध कसूरमा पर्सा जिल्ला अदालतबाट दिन पाँच दिनको म्याद थपेर अनुसन्धान भइरहेको जिप्रका, पर्साले जनाएको छ ।

    ुं

  • वीरगंजमा नागरिकताविहीन युवाहरूद्वारा प्रदर्शन

    वीरगंजमा नागरिकताविहीन युवाहरूद्वारा प्रदर्शन

    वीरगंज, २२ जेठ । नागरिकता विहीन संघर्ष समितिको अगुवाइमा सोमवार वीरगंजमा युवाहरुले प्रदर्शन गरेका छन् ।
    नागरिकता ऐन तत्काल कार्यान्वयन नगर्न सर्वाेच्च अदालतले अल्पकालीन आदेश जारी गरेको विरोधमा सोमवार युवाहरुले वीरगंजको घण्टाघरमा प्रदर्शन गरेका थिए । घण्टाघर चोकमा जम्मा भई नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर केही बेर धर्ना दिएका उनिहरूले त्यसपछि पुन जुलुससहित नाराबाजी गर्दै नगर परिक्रमा गरेका थिए ।
    नगरपरिक्रमा पछि पुन घण्टाघरमा पुगेर सडकमा धर्ना दिएका थिए । उनीहरूले प्रदर्शन गर्दै नेताहरुको फोटो जलाएका थिए ।
  • निजगढमा तस्करले मारे चित्तल

    निजगढमा तस्करले मारे चित्तल

    बारा, २१ जेठ । बाराको निजगढ नगरपालिका–७ स्थित जनज्योति सामुदायिक वनमा वन्यजन्तु तस्करहरूले वयस्क पोथी चित्तल मारेका छन् ।

    शनिवार राति करिब साढे ११ बजे जंगलमा बन्दुक पड्किएको आवाज आएको र गस्तीको क्रममा वयस्क पोथी चित्तल मृत फेला परेको सब डिभिजन वन कार्यालय निजगढले जनाएको छ ।

    सब डिभिजन वन कार्यालय निजगढका जम्दार टीका मगरले भमरा पुलको उत्तरतर्पm भमरा खोलाको माथिल्लो क्षेत्रमा रहेको बाँसघारीमा तस्करहरूले मारेको अवस्थामा चित्तल भेटिएको बताएका छन् ।

    ‘हामी सधैँ ८ बजे र १० बजे दुर्ईवटा समूह बनाएर गस्तीमा जाने गरेका छौं । हिजो राती साढे ११ बजेतिर गस्तीमै रहेको बेला बन्दुक पड्केको आवाज आएपछि लाइट लिएर हेर्न जाँदा चित्तल मरिसकेको अवस्थामा भेटियो,’ जम्दार मगरले भने, ‘एकैछिन ढिलो भएको भए चित्तल पनि तस्करहरूले उठाइसक्ने रहेछन् ।’

  • बहुदरमाईमा चारवटा फुसको घरगोठमा आगलागी

    बहुदरमाईमा चारवटा फुसको घरगोठमा आगलागी

    वीरगंज, २१ जेठ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा आगलागी हुँदा चार वटा फुसको गोठघर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय,पर्साका प्रवक्ता एवं डिएसपी दीपक गिरीले बताउनुभएको छ ।
    छोटेलाल यादवले लामखुट्टे धपाउन बालिएको घुरबाट आज बिहान ७ः०० बजे अचानक आगलागी हुँदा स्थानीय छोटेलाल यादव, भुलन यादव, सन्त यादव, महन्थ यादवको फुसको गोठ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
    आगो वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका र सखुवाप्रसौनी गाउँँपालिकाबाट गएको तीन वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताउनुभयो ।
    यसैबीच, गएराति पर्साको कालिकामाई गाउँँपालिका वडा नम्बर ४ प्रशुरामपुर कटिबलुवा निवासी दीपेन्द्र महतोको घरमा आगलागी हुँदा डेढ लाख मूल्य बराबरको क्षति भएको छ ।
    गएराति भान्साबाट अचानक सल्किएको आगोले घरमा आगलागी भएको थियो ।
    आगलागीबाट ५० हजार नगद, लताकपडा, बर्तन भाडा, खाद्यान्न लगायतका सरसामान जलेर नष्ट भएको पीडितले बताएका छन् । आगोलाई स्थानीय बासिन्दाले तत्काल नियन्त्रणमा लिएको कारण ठूलो घटना नभएको प्रहरीले जनाएको छ ।
  • नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

    नागरिकता विधेयक कार्यान्वयन नगर्न सर्वाेच्चको अल्पकालीन अन्तरिम आदेश

    वीरगंज, २१ जेठ । आइतवार सर्वाेच्च अदालतले नागरिकता विधेयक कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको सर्वाेच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।
    सर्वाेच्चको आदेशसँगै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका नागरिकता विधेयक कार्यान्वयनमा तत्कालका लागि रोक लागेको छ । गएको वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक गएको १७ गते राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका थियो । संसद्लाई छलेर सरकारले गरेको सिफारिसका आधारमा नागरिकता विधेयक प्रमाणीकरण गर्नु असंवैधानिक भएको भन्दै वरिष्ठ अधिवक्ताहरू सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले जेठ १९ गते सर्वाेच्चमा रिट दिएका दिनुभएको हो ।
    सर्वाेच्चले अन्तरिम आदेश दिने कि नदिने भन्ने निर्णयका लागि छलफल गर्न दुवै पक्षलाई बोलाएको छ । सर्वाेच्चले विपक्षीका नाममा कारण देखाऊ आदेश पनि दिएको छ । रिटमा राष्ट्रपति पौडेल, राष्ट्रपतिको कार्यालयलगायतलाई विपक्षी बनाइएको छ ।
    जिल्ला प्रशासन कार्यालयअगाडि विरोध
    जिल्ला प्रशासन कार्यालय, धनुषा अगाडि युवाहरूले विरोध प्रदर्शन गरेका छन । राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण गरेपछि आईतवार विहानैदेखि नागरिकता बनाउन पुगेका युवाहरूलाई बेलुकीसम्म कुराएर नागरिकता हाललाई नबन्ने जानकारी जिल्ला प्रशासन कार्यालयले गराएपछि युवाहरू आक्रोसित भएर चक्काजाम गदै विरोध जनाएका छन । अहिले जिल्ला प्रशासन कार्यालय अगाडिको बाटो अवरूद्ध छ । आक्रोसित युवाहरूले टायरसमेत बालेर प्रमुख जिल्ला अधिकारी मुर्दावादको नारा लगाउँँदै छन । प्रहरी प्रशासनले स्थित नियन्त्रणमा लिने प्रयास गर्दै छन तर आक्रोसित युवाहरूले नागरिकता नबनुनजेल सडक अवरूद्ध गर्ने भन्दै बिरोध गर्दै आएका छन ।
  • मधेसका तीन जिल्लामा सोमवारदेखि नयाँ ऐन अनुसार नागरिकता वितरण हुने

    मधेसका तीन जिल्लामा सोमवारदेखि नयाँ ऐन अनुसार नागरिकता वितरण हुने

    वीरगंज, २१ जेठ । नयाँ नागरिकता ऐनअनुसार पर्सा, बारा र रौतहटमा नागरिकता वितरण हुने बताइएको छ ।
    आइतवारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न भनिए पनि पर्सा, बारा र रौतहतमा सोमवारदेखि मात्रै नागरिकता वितरण गरिने सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गरी नयाँ नागरिकता ऐनअनुसार सोमवारबाट नागरिकता वितरण गरिने जनाएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरू संलग्न राखी जेठ २२ गते कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रशासन कार्यालयले भनेको छ।
    पर्साका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा नयाँ नागरिकता ऐनअनुसार नागरिकता प्राप्त गर्नको लागि चाहिने कागजातहरूको विवरणसमेत उल्लेख गरिएको छ। नागरिकता प्राप्त गर्नका लागि निवेदकले वडाध्यक्षको सिफारिससहितको अनुसूची १ को फारम, बाआमाको सक्कल नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रलगायतका कागजातहरू चाहिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए। उनले सम्पूर्ण तयारी पूरा भएको र सोमवारदेखि नागरिकता वितरण गरिने बताए।
    हामीले सूचना जारी गरिसकेका छौँ। नयाँ ऐनअनुसार सोमवारबाट नागरिकता वितरण हुने भनेर,’ उनले भने, ‘आज चाहिँ वडाहरूमा सिफारिस हुने कामहरू भइराखेका छन। भोलिदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गर्छाैँ।’ यस्तै, बारा जिल्लामा पनि नयाँ नागरिकता ऐनअनुसार चाँडै नागरिकता वितरण गरिने भएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आइतवारदेखि नै वितरण गर्ने तयारी भए पनि थप केही तयारीहरू गर्नुपर्ने भएकाले साँझसम्म सूचना जारी गरेर छिटै नागरिकता वितरण गरिने जानकारी दिए।
    उनले गृह मन्त्रालयबाट परिपत्र आइसकेकोले नयाँ नागरिकता ऐनअनुसार चाँडै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरी सूचना जारी गर्न लागेको बताए। ‘हामी सम्भवतः आजै साँझसम्म सूचना जारी गरी सूचित गर्छाैँ, नयाँ ऐनअनुसार नागरिकता वितरण गर्नेवारेमा। त्यसको लागि सिडिओ साहेबले पनि तयारी गरिरहनु भएको छ,’ उनले भने, ‘आइतवार नै मानिसहरू नयाँ ऐनअनुसार नागरिकता कहिलेदेखि पाइन्छ भनि सोध्न आइरहनुभएको छ, अब सूचना जारी गरेर चाँडै वितरण गर्छाैँ।’
    यसैगरी, रौतहटमा पनि सोमवारबाट नै नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने भएको छ। आइतवार आवश्यक तयारी पूरा गरी सूचना जारी गरेर सोमवार नै नागरिकता वितरण गरिने रौतहटका सहायक प्रमुख जिल्ला अधिाकारी मणिभूषण साहले जानकारी दिए।
    नयाँ ऐनअनुसार चाहिने कागजातहरूको वारेमा जिल्लाका सबै पालिका र वडाहरूमा पत्र पठाइएर जानकारी गराइने र त्यसपछि सोमवारबाट नागकिरता वितरण हुने उनले बताए। ‘आजबाट नयाँ नागरिकता ऐनअनुसार वितरण गर्न सकिएन। सोमवारबाट हामी वितरण गर्छाैँ,’ उनले भने, ‘नयाँ ऐनअनुसार नागरिकता पाउन चाहिने कागजहरूको वारेमा सबै पालिका र वडामा पत्र पठाउने कामहरू साँझसम्म गरेर भोलिबाट नागरिकता वितरणको कार्य हुनेछ।’ साहले आइतवार नै नयाँ ऐनअनुसारको सूचना जिल्ला प्रशासन कार्यालयले जारी गर्ने पनि जानकारी दिए।
    राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न परिपत्रसमेत भइसकेको छ।