2 December ,2023,Saturday

मधेसका तीन जिल्लामा सोमवारदेखि नयाँ ऐन अनुसार नागरिकता वितरण हुने

वीरगंज, २१ जेठ । नयाँ नागरिकता ऐनअनुसार पर्सा, बारा र रौतहटमा नागरिकता वितरण हुने बताइएको छ ।
आइतवारबाटै नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न भनिए पनि पर्सा, बारा र रौतहतमा सोमवारदेखि मात्रै नागरिकता वितरण गरिने सम्बन्धीत जिल्ला प्रशासन कार्यालयले जनाएका छन् । जिल्ला प्रशासन कार्यालय, पर्साले सूचना जारी गरी नयाँ नागरिकता ऐनअनुसार सोमवारबाट नागरिकता वितरण गरिने जनाएको छ । नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा ३ र ८ बमोजिम नेपालको नागरिकता प्राप्त गर्न चाहिने कागजातहरू संलग्न राखी जेठ २२ गते कार्यालयमा सम्पर्क राख्न जिल्ला प्रशासन कार्यालयले भनेको छ।
पर्साका सहायक प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा नयाँ नागरिकता ऐनअनुसार नागरिकता प्राप्त गर्नको लागि चाहिने कागजातहरूको विवरणसमेत उल्लेख गरिएको छ। नागरिकता प्राप्त गर्नका लागि निवेदकले वडाध्यक्षको सिफारिससहितको अनुसूची १ को फारम, बाआमाको सक्कल नागरिकता र फोटोकपी, सक्कल जन्मदर्ता, शैक्षिक योग्यता प्रमाणपत्रलगायतका कागजातहरू चाहिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलले जानकारी दिए। उनले सम्पूर्ण तयारी पूरा भएको र सोमवारदेखि नागरिकता वितरण गरिने बताए।
हामीले सूचना जारी गरिसकेका छौँ। नयाँ ऐनअनुसार सोमवारबाट नागरिकता वितरण हुने भनेर,’ उनले भने, ‘आज चाहिँ वडाहरूमा सिफारिस हुने कामहरू भइराखेका छन। भोलिदेखि नयाँ ऐनअनुसार नागरिकता वितरण गर्छाैँ।’ यस्तै, बारा जिल्लामा पनि नयाँ नागरिकता ऐनअनुसार चाँडै नागरिकता वितरण गरिने भएको छ। बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले आइतवारदेखि नै वितरण गर्ने तयारी भए पनि थप केही तयारीहरू गर्नुपर्ने भएकाले साँझसम्म सूचना जारी गरेर छिटै नागरिकता वितरण गरिने जानकारी दिए।
उनले गृह मन्त्रालयबाट परिपत्र आइसकेकोले नयाँ नागरिकता ऐनअनुसार चाँडै जिल्ला प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने गरी सूचना जारी गर्न लागेको बताए। ‘हामी सम्भवतः आजै साँझसम्म सूचना जारी गरी सूचित गर्छाैँ, नयाँ ऐनअनुसार नागरिकता वितरण गर्नेवारेमा। त्यसको लागि सिडिओ साहेबले पनि तयारी गरिरहनु भएको छ,’ उनले भने, ‘आइतवार नै मानिसहरू नयाँ ऐनअनुसार नागरिकता कहिलेदेखि पाइन्छ भनि सोध्न आइरहनुभएको छ, अब सूचना जारी गरेर चाँडै वितरण गर्छाैँ।’
यसैगरी, रौतहटमा पनि सोमवारबाट नै नयाँ ऐनअनुसार नागरिकता वितरण गरिने भएको छ। आइतवार आवश्यक तयारी पूरा गरी सूचना जारी गरेर सोमवार नै नागरिकता वितरण गरिने रौतहटका सहायक प्रमुख जिल्ला अधिाकारी मणिभूषण साहले जानकारी दिए।
नयाँ ऐनअनुसार चाहिने कागजातहरूको वारेमा जिल्लाका सबै पालिका र वडाहरूमा पत्र पठाइएर जानकारी गराइने र त्यसपछि सोमवारबाट नागकिरता वितरण हुने उनले बताए। ‘आजबाट नयाँ नागरिकता ऐनअनुसार वितरण गर्न सकिएन। सोमवारबाट हामी वितरण गर्छाैँ,’ उनले भने, ‘नयाँ ऐनअनुसार नागरिकता पाउन चाहिने कागजहरूको वारेमा सबै पालिका र वडामा पत्र पठाउने कामहरू साँझसम्म गरेर भोलिबाट नागरिकता वितरणको कार्य हुनेछ।’ साहले आइतवार नै नयाँ ऐनअनुसारको सूचना जिल्ला प्रशासन कार्यालयले जारी गर्ने पनि जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले गत बुधवार नागरिकता विधेयक प्रमाणीकरण गरेपछि सरकारले राजपत्रमा सूचना प्रकाशित गरेको थियो। देशभरिका ७७ वटै जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता ऐनअनुसार नागरिकता वितरण गर्न परिपत्रसमेत भइसकेको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img

पर्साका स्थानीय पालिकाको विज्ञापन

विज्ञापन

bahudar-mai-nagarpalika

0
विज्ञापन

Bindawasani-gawpalika

0
विज्ञापन

Birgunj-mahanagarpalika

0
विज्ञापन

chhipaharmai-gawpalika

0
विज्ञापन

Dhobini-gawpalika

0
विज्ञापन

jagarnathpur-gawpalika

0
विज्ञापन

jeera-bhawani-gawpalika

0
विज्ञापन

kalikamai-gawpalika

0
विज्ञापन

pakaha-mainpur

0
विज्ञापन

parsagadhi-nagarpalika

0
विज्ञापन

paterwasugawli-gawpalika

0
विज्ञापन

pokhariya-nagarpalika

0
विज्ञापन

thori-gaupalika

0

बाराका स्थानीय पालिकाको विज्ञापन

bara ad

aadarsa-kotwal-gawpalika

0
bara ad

Baragadhi

0
bara ad

bishrampur

0
bara ad

dewtal

0
bara ad

feta-gawpalika

0
bara ad

jeetpursimra-upmahanagar

0
bara ad

kalaiya-upmahanagar

0
bara ad

karaiyamai-gawpalika

0
bara ad

kolhabi-nagarplika

0
bara ad

mahagadhimai-nagarpalika

0
bara ad

nijgadh-nagrpalika

0
bara ad

pachrauta-nagarpalika

0
bara ad

parsauni-gawpalika

0
bara ad

parwanipur-gawpalika

0
bara ad

simraungadh-nagarpalika

0
bara ad

suwarn-gaupalika

0

रौतहटका स्थानीय पालिकाको विज्ञापन

rautahat ad

rajpur nagarpalika

0
rautahat ad

yamunamai gawpalika

0
rautahat ad

paroha nagarpalika

0
rautahat ad

rajdebi nagarpalika

0
rautahat ad

maulapur nagarpalika

0
rautahat ad

gujra nagarpalika

0
rautahat ad

madhav narayan nagarpalika

0
rautahat ad

katahariya nagarapalika

0
rautahat ad

garuda nagrpalika

0
rautahat ad

gaur nagarpalika

0
rautahat ad

gadhimai nagarpalika

0
rautahat ad

fatuwa bijaypur nagrpalika

0
rautahat ad

esnath nagarpalika

0
rautahat ad

durga bhagwati gawpalika

0
rautahat ad

dewahi-gonahi-nagarpalika

0
rautahat ad

chandrapur nagarpalika

0
rautahat ad

brindawan nagrapalika

0
rautahat ad

baudhimai nagarpalika

0

ताजा अपडेटस

neelambads

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...