अध्यक्ष चढ्ने स्कारपियोको ठक्करबाट दुईजना घाइते,गाडी ३ दिन देखि प्रहरी नियन्त्रणमा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिकाका अध्यक्ष वशिष्ट कुमारले चढ्दै आएको स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका छन्।

गाउँपालिका अध्यक्ष वशिष्टले चढ्दै आएको ना.१ झ १६८४ नम्बरको स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुईजना घाइते भएका हुन्।घाइते हुनेमा मोटरसाइकल चालक जगरनाथपुर गाउँपालिका– ५ चिलझपटीका २२ वर्षीय वृजेश राउत बिन र सोही ठाउँ बस्ने २० वर्षीय निरञ्जन मण्डल रहेको प्रहरीले जनाएको छ।

घाइते मध्येका मोटरसाइकल चालक वृजेशको अवस्था गम्भीर छ भने मोटरसाइकलको पछाडि बसेका निरञ्जनको हात भाँचिएको छ। उनी उपचारपछि डिस्चार्ज भइसकेको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए।

गम्भीर घाइते वृजेशको परवानीपुर गाउँपालिका– ५ स्थित रहेको एलएस न्युरो अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए । प्रहरीका अनुसार गत भदौ ३१ गते राति वीरगन्ज–पोखरीया सडकखण्डको गर्दौलमा स्कारपियोले मोटरसाइकललाई ठक्कर दिएको थियो।

ठक्करपछि गाउँपालिका अध्यक्ष चढ्दै आएको स्कारपियो वडा प्रहरी कार्यालय श्रीपुरको नियन्त्रणमा छ। घाइतेको उपचार गाउँपालिका कार्यालयले गराइरहेको र स्कारपियो चालक प्रहरीको सम्पर्कमा रहेको प्रहरी नायब उपरीक्षक थापाले बताए।

प्रहरी स्रोतका अनुसार सो गाडीमा गाउँपालिका अध्यक्षसहित केही वडाध्यक्ष जनकपुरबाट जनता समाजवादी पार्टीको कार्यक्रममा सहभागी भएर फर्किेँदै थिए। सम्भार – नयाँपत्रीका

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *