17 November ,2025,Monday

वीरगंज–रक्सौल दशगजा क्षेत्र मितेरीपुलमा एसएसबीको चेकिङ

वीरगंज । भारतीय सुरक्षा बल एसएसबीले नेपाल भारत सिमाको दशगजा क्षेत्रमा चेक पोष्ट राखेका छन्।

नेपालले संविधान दिवस मनाई रहदा भारतीय सुरक्षा वल एसएसबीले भने आज बिहान नेपालको प्रमुख प्रवेशद्वार वीरगंजको मितेरीपुलमा चेक पोष्ट राखेका छन् । नेपाली अधिकारीहरु संविधान दिवसको अवसरमा आयोजना गरिएको विभिन्न कार्यक्रमहरुमा सहभागी भइ रहँदा एसएसबीले आफ्नो चेक पोष्ट मितेरी पुलको बारी पट्टीकै भागमा स्थापना गरेको हो ।

भारतीय अधिकारीहरुका अनुसार चेक पोष्टमा सिमा सुरक्षाकल एसएसबी फ्रण्ट लाइनमा रहने गाईड लाईन पुरानै रहेको छ । तर यसभन्दा पहिला मितेरी पुलमा एसएसबीको चेक पोष्ट थिएन । उनीहरुका अनुसार पछिल्लो पटक केन्द्रिय सरकारको परिपत्र आए अनुसार नै मितेरी पुलमा चेक पोष्ट स्थापना गरिएको हो ।

मितेरी पुलमा भारतीय पक्षले चेक पोष्ट स्थापना गरको जानकारी प्राप्त हुन साथ पुगेको नेपाली टोलीले अन्तराष्ट्रिय सिमा सम्बन्धि कानुन अनुसार नै चेक पोष्ट स्थापना गर्न भारतीय अधिकारीहरुसँग कुराकानी गरेका छन् । तथापि एसएसबीले मितेरी पुलको मध्य भागमै चेक पोष्ट स्थापना गरेको छ । अब नेपालबाट भारत जाने सबै सवारी साधन एवं यात्रुहरुको चेक पोष्ट नजिकै चेकिङ्ग हुने भारतीय अधिकारीहरुले बताएका छन् ।

सशस्त्र प्रहरी बल हेडक्वाटर १३ गण पर्साका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक किसन कर्मचार्यले पोष्ट खडा गरेको हैन,चेकजाँचका लागि टेबल कुर्सी मात्र राखिएको बताउनुभयो। चाडपर्व लक्षित सुरुक्षालाई मध्यनजर गर्दै चेकजाँच सुरु गरिएको उहाँले बताउनुभयो ।

सशस्त्र प्रहरी गएपछि भारतीय एसएसबीले १० मिटर भारततर्फ चेकप्वान्ट सारेको कर्मचार्यले जानकारी दिनुभयो । एसएसबीका कमान्डेन्ट बिकास कुमारले माथिल्लो निकायले सिमामा सुरुक्षा, चेकजाँच कडा पार्न पत्राचार गरेपछि सोही अनुसार चेकप्वान्ट राखेर सुरक्षा जाच सुरु गरिएको बताएको कर्मचार्यले बताउनुभयो ।

एपीएफले पनि भारतीय राखेको चेकप्वान्ट देखि नेपाल तर्फको भागमा एपिएफको हेल्प डेस्क स्थापना गर्ने तयारी गरिएको कर्मचार्यको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...