10 August ,2026,Monday

मानव सेवा आश्रममा एसपी भट्टराईद्वारा खाद्यान्न सहयोग

वीरगंज, २५ साउन ।
पर्सा जिल्लामा हालै सरुवा भई आएका जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक पवन भट्टराईले मानवसेवा आश्रम वीरगंजमा खाद्यान्न सहयोग गरेका छन् ।
आश्रममा आश्रितहरूका लागि खाद्यान्न सहयोग गर्दै प्रउ भट्टराईले आवश्यक सहयोग र साथ प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताए । उनले मानवसेवा जस्तो पवित्र अभियानमा राज्यका निकाय, सुरक्षा निकाय तथा समाजका सबै पक्षबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा मानवसेवा आश्रम पर्सा, वीरगंजका संरक्षक तथा मधेश विश्वविद्यालयका उपकुलपति प्राडा दीपक शाक्य, वीरगंज उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष आदरणीय हरि गौतम, आश्रम वीरगंजका संस्थापक अभियन्ता देवेश गुप्तालगायतको सहभागिता थियो ।

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...