16 September ,2024,Monday

संविधान दिवशको अवसरमा वीरगंजका कारागारबाट १७ जना कैदीबन्दी रिहा हुने

वीरगंज । संविधान दिवसका अवसरमा वीरगंजका १७ जना कैदी बन्दी रिहा हुने भएका छन् । १७ जनामध्ये तिन जना महिला र १४ जना पुरुष कैदी बन्दीले कैद माफी मिनाहा पाएको वीरगंजका कारागारका सूचना अधिकारी नवराज बर्तौलाले बताए । बर्तौलाका अनुसार २ जना ज्येष्ठ नागरिक,तीन जना महिला र नौ जना अन्य कैदी बन्दीहरू छुट्ने छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसका अवसरमा देशभरबाट ६ सय ७० जना कैदीको कैद कट्टा गरी सजाय माफी मिनाहा गरेको मध्ये वीरगञ्जका १७ जना कैदी बन्दी परेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति पौडेलले आजदेखि लागू हुने गरी ६ सय ७० जनाको माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलज रेग्मी भट्टराईले निकालेको विज्ञप्तिमा ६ सय ७० जना कैदीको भुक्तान हुन बाँकी सजाय माफी गर्ने मन्त्रिपरिषद्को सिफारिस बमोजिम असोज ३ गतेदेखि लागू हुने गरी संविधान दिवस २०८० को अवसरमा माफी मिनाहा भएको उल्लेख छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...