16 July ,2024,Tuesday

भारतमा अब नेपाली कागजातको आधारमा भारतीय सिमकार्ड पाइने

काठमाडौं,९ फाल्गुन । नेपाली कागजात देखाएर भारतीय सिम कार्ड लिन मिल्ने भएको छ ।अब नेपालीहरू भारत भ्रमणमा जाँदा सजिलै त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका हुन् ।भारत सरकारले नेपाली र भुटानी नागरिकका लागि सजिलै सिम कार्ड खरिद गर्न सकिने व्यवस्था ल्याएको हो ।

भारतको सञ्चार मन्त्रालयले सोमबार सूचना जारी गर्दै उक्त निर्णय सार्वजनिक गरेको हो ।भारत भ्रमणमा जाँदा नेपालीले नागरिकता,मतदाता परिचयपत्र,पासपोर्टमध्ये कुनै एकबाट त्यहाँको सिम कार्ड खरिद गर्न पाउने भएका हुन । त्यस्तै भारतस्थित नेपाली दूतावासले जारी गरेको फोटोसहितको प्रमाणपत्रले पनि सिम कार्ड खरिद गर्न सकिनेछ ।नेपालीहरूले सहजरूपमा सिम कार्ड पाउने भारत सरकारले निर्णय गरे पनि यसको कार्यान्वयनका लागि भने केही समय लाग्ने बताइएको छ ।

भारत भ्रमणमा गएका नेपालीले सिम कार्ड नपाउँदा सास्ती भोग्दै आएका थिए । सिम कार्ड नपाएर सास्ती भोग्न थालेपछि काठमाडौंस्थित भारतीय दूतावासमा नेपालीहरूले गुनासो टिपाएका थिए । दिनहुँ गुनासो आउन थालेपछि नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले नेपालीहरूका लागि सिम कार्ड वितरणमा सहजता प्रदान गर्न भारत सरकारसँग पहल गरेका थिए। राजदूत श्रीवास्तवको निरन्तर प्रयासपछि भारत सरकारले नेपाली र भुटानी नागरिकका लागि सिम कार्ड वितरणमा सहजता ल्याएको हो ।

यसअघि भारतमा विदेशीहरूका लागि सिम कार्ड पाउन पासपोर्टमा भिसा स्ट्याम्पको आवश्यकता अनिवार्य रहेको थियो । आधार कार्ड नभएका र पासपोर्टमा भिसा नभएका विदेशीहरूले भारतीय सिम कार्ड नपाउने भएपछि त्यसको प्रत्यक्ष मारमा नेपाली र भुटानीहरू परेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...