18 January ,2025,Saturday

रौतहटमा वनकर्मी र काठतस्करबीच भिडन्त

रौतहट,०९ फागुन । रौतहटमा वन सुरक्षा गस्ती टोली र काठ तस्करबीच भिडन्त भएको छ । गए राति वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच भिडन्त भएको हो ।
वन सुरक्षा टोलीले हवाई फायर गर्दै अवैध सालको काठ बरामद गरेको छ । वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले गएराति ११ बजे वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो। सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको र तीनाथान गोलिया बरामद गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको गरेको छ ।
काठ सहितको टायर गाडा र पाडो आवश्यक कारबाईको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनावारे अनुसन्धान भइरहेको जनाइएको छ।
प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...