Home मधेश ट्राफिक बिटको स्थापनाले स्थानियको जिउ ज्यानको सुरक्षा बढ्यो— प्रमुख तिवारी

ट्राफिक बिटको स्थापनाले स्थानियको जिउ ज्यानको सुरक्षा बढ्यो— प्रमुख तिवारी

0
ट्राफिक बिटको स्थापनाले स्थानियको जिउ ज्यानको सुरक्षा बढ्यो— प्रमुख तिवारी

वीरगंज, ४ चैत । ट्राफिक प्रहरी बिटको स्थापनाले मानिसको अनाहकमा ज्यान जाने अवस्थामा कमी आउने बिन्दवासीनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारीले बताउनु भएको छ । प्रहरीको उपस्थिीती बढेकोले सर्वसाधारणमा चेतना तथा डर बढदै जाने प्रमुख तिवारीले बताउनु भयो ।

बिन्दबासीनी गाउँपालिका वडा नं.१ मा रहेको बहुवर्वा चौकमा बुधबार आयोजना गरिएको ट्राफिक प्रहरी बिट उद्घाटन समारेहलाई प्रमुख अतिथिको रुपमा संबोधन गर्दै वहाँले पोखरीया तथा पद्दमरोडबाट आएको सवारी एक आपसमा जुध्दने संभावना पहिला रहेको तर बिट स्थापना भए पछि यो अब कम हुनेमा जोड दिनु भयो ।

वडा नं.१मा रहेको गर्दौल चौकमा आयोजना भएको एक औपचारीक कार्यक्रमका अर्का वक्ता तथा बिशिष्ठ अतिथी सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादवले वीरगंजबाट आफनो पालिका आउने जाने बाटो सोहि रहेकोले आफनो तर्फबाट पनि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

ट्राफिक प्रहरी बिटकोे उद्घाटन बिन्दवासीनी गाउँपालिकाका प्रमुख प्रमोद तिवारी तथा सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख यसवन्त यादवले संयुक्त रुपमा रिबन काटेर गर्नु भयो । पर्सा ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरिक्षक भाष्कर खतिवडाको अध्यक्षतामा भएको कार्यधक्रममा वडा नं.१ का वडा अध्यक्ष अच्छेलाल साह, वडा नं.२ का वडा अध्यक्ष मुक्तिनाथ राउत, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रमुख तथा प्रहरी निरिक्षक मोहन बिक्रम के.सी, बिन्दवासीनी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राकेश ओझा, लेखा प्रमुख मिथलेश कुशवाहा लगायत स्थानिय सामुदायिक बिध्यालयका शिक्षक तथा बिध्यार्थीको सहभागीता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here