8 December ,2024,Sunday

नागरिकको शान्ती सुरक्षामा कुनै सम्झौता नगर्न डिआईजी पोखरेलको निर्देशन

वीरगंज, ४ चैत । मधेश प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) यज्ञबिनोद पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्साको अनुगमन गरेका छन् । पर्साको वीरगंज पुगेका मधेश प्रदेश प्रमुख डिआईजी पोखरेलले जिल्ला प्रहरी कार्यालय पर्सा र मातहतका कार्यालयहरुबाट प्रवाह हुने सेवासँगै शान्ती सुरक्षाका बारेमा जानकारी लिएका हुन् ।

अनुगमनको क्रममा नागरिकको शान्ती सुरक्षामा कुनै पनि किसिमको सम्झौता नगर्न आग्रह गर्दै उनले ईमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न निर्देशन दिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले डिआईजी पोखरेललाई पुष्पगुच्छा प्रदान गरी स्वागत गरेका थिए ।

स्वागत पश्चात डिआईजी पोखरेललाई एसपी ढुंगेलले सुरक्षा अवस्था र कार्य प्रगतीका बारेमा जानकारी गराएका थिए । साथै उनले कन्ट्रोल तथा मोनिटरीङ् रुमबाट वीरगंज शहरमा भएका सिसिटीभि क्यामरा मार्फत शहरको पनि निरीक्षण गरेका छन् । डिआईजी पोखरेललाई पिर्के सलामी पनि गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
- Advertisement -

 

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...