भारतमा बढाइयो व्यक्तिगत आयकरको सीमा, अब कति तिर्नुपर्छ कर

काठमाडौँ, ८ साउन । भारतले व्यक्तिगत आयकरको दरमा व्यापक परिवर्तन गरेको छ । नयाँ आर्थिक वर्ष २०२४–२५ का लागि ल्याएको बजेटमा भारतीय वित्तमन्त्री निर्मला सीतारमणले यस्तो घोषणा गरेकी हुन् ।

यस अन्तर्गत ३ लाखसम्म कमाउनेले कुनै पनि कर तिर्नुपर्ने छैन । त्यस्तै ३ देखि ७ लाख कमाउनेले ५ प्रतिशत, ७ देखि १० लाखसम्म कमाउनेले १० प्रतिशत, १० देखि १२ लाखसम्मको लागि १५ प्रतिशत, १२ देखि १५ लाख सम्मका लागि २० प्रतिशत र त्योभन्दा धेरैका लागि ३० प्रतिशत कर तोकिएको हो ।

यसअघि २ लाख ५० लाखसम्म कमाउनेलाई शून्य बजेटको व्यवस्था गरिएको थियो । त्यस्तै, २।५ देखि ३ लाख कमाउनेले ५ प्रतिशत, ३ देखि ५ लाखसम्म कमाउनेले १० प्रतिशत, ५ देखि १० लाखसम्मको लागि २० प्रतिशत र त्योभन्दा धेरैका लागि ३० प्रतिशत कर कायम थियो ।

यो प्रावधानबाट ४ करोड जागिरेलाई फाइदा हुने भारतीय वित्तमन्त्री सीतारमणको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *