13 December ,2025,Saturday

वीरगंजमा संगीतमय श्रीमद्भागवत कथा सम्पन्न : भक्तजनको उत्साहपूर्ण सहभागिता

अभिलाष गुप्ता

वीरगंज, २६ मंसिर । वीरगंज, आदर्शनगरस्थित श्री राणी सती अतिथि सदनको परिसरमा आयोजित संगीतमय श्रीमद्भागवत कथा भक्तिमय वातावरणमा सम्पन्न भएको छ ।

पुणित भावना सहित आयोजना गरिएको यस पाँचदिने धार्मिक कार्यक्रम शुक्रबार साँझ ७ बजे विधिवत् रूपमा सम्पन्न भएको आयोजक समितिले जानकारी दिएको छ ।

कार्यक्रम अन्तर्गत नित्य वेदी पूजन बिहान ८ बजेबाट सुरु हुने र कथा वाचन तथा भजन–कीर्तन साँझ ४ बजेबाट प्रारम्भ हुने व्यवस्था गरिएको थियो । समापनका दिन २०८२ मंसिर २६ गते साँझ ७ बजे कथा विश्रामसँगै महाप्रसाद वितरण गरिएको थियो ।

कार्यक्रममा भारतका प्रसिद्ध कथा वाचक श्री मधुकर जी द्वारा श्रीमद्भागवत कथा वाचन तथा भक्तिभावपूर्ण भजन–कीर्तन प्रस्तुत गरिएको थियो। त्यस्तै, स्वामी राजीव रंजनको पावन सान्निध्य र विशेष उपस्थितिले कार्यक्रमलाई अझ अध्यात्मिक र ऊर्जाशील बनाएको सहभागीहरूले बताए ।

   वीरगंजका सर्वसाधारण, श्रद्धालु भक्तजन तथा विभिन्न सामाजिक–धार्मिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको आयोजकले जनाएको छ । पाँच दिनसम्म निरन्तर सञ्चालन भएको उक्त कथा भक्तिभाव, संस्कृति र आध्यात्मिक चेतनाको समन्वयका रूपमा सफल रूपमा सम्पन्न भएको आयोजक श्रीमद्भागवत आयोजक मूल समितिद्वारा जानकारी गराइएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।