13 December ,2025,Saturday

कर्पोरेट सुपर–६ क्रिकेट : राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक क्वार्टरफाइनलमा प्रवेश, भोलिदेखि नॉकआउट चरण सुरु

अभिलाष गुप्ता

वीरगंज, २६ मंसिर । लायन्स क्लब वीरगंज परिवार र वीरगंज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा जारी कर्पोरेट सुपर 6 क्रिकेट टुर्नामेन्ट अन्तर्गत आज सम्पन्न खेलहरूमा राष्ट्रिय वाणिज्य बैंक र राष्ट्र बैंक विजयी हुँदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।

टुर्नामेन्टका नॉकआउट चरणहरू – क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल – भोलि २७ गते शनिबार बिहान ८ बजेबाट सुरु हुने भएको आयोजक समितिले जनाएको छ।

लायन्स क्लब वीरगंज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डेका अनुसार प्रतियोगितामा उत्साहजनक प्रतिस्पर्धा भइरहेको छ र भोलिका निर्णायक खेलले विजेता टिमको टुंगो लाग्नेछ।

उक्त प्रतियोगितामा विभिन्न संस्थाका टोलीहरूको सक्रिय सहभागिता रहेको छ भने खेलप्रेमी दर्शकहरूको उपस्थिति पनि उल्लेखनीय रहेको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।