अभिलाष गुप्ता
वीरगंज, २७ मंसीर । पर्सा क्षेत्र नम्बर -१ वीरगंज महानगरपालिका वडा नम्बर -१८ सौरहामा करिब ५० जना युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् । उक्त भेला द्वारा स्थानीय अगुवा अशोक कु. कानुको अध्यक्षतामा बुथ कमिटि र स्थानीय प्रभावशाली युवा अभय शर्माको अध्यक्षतामा बुथ स्तरीय युवा दस्ता गठन गरिएको छ ।
कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, जिल्ला सदस्य नागेन्द्र गुप्ता, वीरगन्ज महानगर उपाध्यक्ष निराजन कुशवाहा, युवा दस्ता र जेन्जि जनमत संघका जिल्ला अध्यक्ष मनोज साह, उपाध्यक्ष रोषण पान्डे, युवा दस्ताका महानगर संयोजक अजित सिह, युवा दस्ताका आशु सिह, सुमित सिह मन्जय शर्मा लगायतको उपस्थित रहेको थियो ।
भेलालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष सरार्फले भने अबको नेतृत्व युवा पुस्तामा पुस्तातरन हुनु पर्ने र वडा देखि प्रतिनिधि सभा सम्म युवाहरु जनप्रतिनिधि भएर देश र समाजको नेतृत्व लिनु पर्नेमा जोड दिए । जहाँ भ्रस्टाचार, अनियमितता एवं जनताको काममा हेलचक्रयाई भए त्यहाँ युवा दस्ता २४ औं घन्टा स्वयंसेवकको रुपमा सहयोग गर्न र खबरदारी गर्न तत्पर हुने बताए ।



