spot_img

17 February ,2026,Tuesday

वीरगंजमा निःशुल्क आँखा जाँच शिविर, १२५ जनामा मोतिया बिन्दु फेला

अभिलाष गुप्ता

वीरगंज, २७ मंसीर । वीरगंजमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ । त्रिजुद्ध माध्यमिक विद्यालयमा २०४२ सालमा एसएलसी उत्तीर्ण गरेका पूर्व विद्यार्थीहरूको समूहद्वारा आयोजित शिविरमा ५ सयभन्दा बढी व्यक्तिको आँखा जाँच गरिएको हो ।

शिविरमा कुल ५०५ जनाको आँखा परीक्षण गर्दा १२५ जनामा मोतिया बिन्दुको समस्या फेला परेको आयोजकले जानकारी दिएका छन् । पहिचान गरिएका मोतिया बिन्दुका बिरामीहरूको आगामी सोमबार निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।

आँखासम्बन्धी रोगको समयमै पहिचान गरी उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले शिविर आयोजना गरिएको आयोजक पक्षले जनाएको छ । शिविर सञ्चालनमा वीरगंज सामुदायिक अस्पतालले प्राविधिक सहयोग प्रदान गरेको थियो । अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले आँखा जाँचसँगै आवश्यक परामर्श सेवा समेत प्रदान गरेका थिए ।

निःशुल्क आँखा जाँच शिविरको उद्घाटन वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले गर्नुभएको हो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानगर प्रमुख सिंहले सहरी तथा बजार क्षेत्रमा समेत मोतिया बिन्दुका बिरामी भेटिनु चिन्ताको विषय भएको बताउनुभयो । उहाँले आँखासम्बन्धी रोगको रोकथाम तथा उपचारका लागि महानगर पालिका निरन्तर रूपमा क्रियाशील रहेको उल्लेख गर्नुभयो ।

महानगर प्रमुख सिंह स्वयं पनि २०४२ ब्याचकै विद्यार्थी भएकाले त्रिजुद्ध माध्यमिक विद्यालयमा शिविर आयोजना गरिएको जनाइएको छ । शिविरमा सहभागी भएका सेवाग्राहीहरूलाई आवश्यक औषधि समेत निःशुल्क वितरण गरिएको थियो ।

पूर्व विद्यार्थी समेत रहेका सर्फुद्दिन मियाँले शल्यक्रिया पश्चात् बिरामीहरूलाई चस्मा र औषधि समेत निःशुल्क उपलब्ध गराइने जानकारी दिनुभयो ।

वीरगंज सामुदायिक अस्पतालका मेडिकल अधिकृत महेश सिंह धामीले मोतिया बिन्दु समयमै पहिचान गरी शल्यक्रिया गरेमा पूर्ण रूपमा निको हुने रोग भएको बताउँदै आँखामा समस्या देखिएमा ढिलाइ नगरी स्वास्थ्य परीक्षण गराउन आग्रह गर्नुभयो ।

शिविरमा वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, साहिब दरबारका अध्यक्ष उमेशलाल सहनी, सुरज गुप्ता, अवधेस यादव लगायतको सह भागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल