15 December ,2025,Monday

श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १८औँ वार्षिक साधारण सभा सम्पन्न

वीरगंज, २८ मंसीर । श्री हिमाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । वीरगंज स्थित होटेल भिस्वामा संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथी संस्थाकाे जेसठ नागरिक र नेपाल मेडिकल कलेज , नेशनल मेडीकल कलेज तथा कर्पोरेट डेभलपमेनटका अधकक्ष प्रो.डा. जैनुदिन अन्सारीले संस्थाको साधारणसभाको उद्घाटन गर्दै संस्थाले विगत १८ वर्षमा जन्ताको मन जित्दै अगाडि बढेकोमा निकट भविष्यमा पनि अझ अगाडि बढ्दै जाओस् भन्ने कामना गरे । उनले यो संस्थाले समयमै आफ्नो साधारण सभा सम्पन्न गरेको हुनाले यो संस्था जन्तामा राम्रो बिजनेस गरिरहेको बताए ।

कार्यक्रमका विशिष्ट अतिथी नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शहनवाज अन्सारीले संस्थाका अध्यक्ष डा .नुसरत जहान अन्सारीको प्रशंसा गर्दै श्री हिमाल बचत तथा ऋण सहकारी संस्थाको सफल कार्यकालको शुभकामना दिए । उनले यो संस्थामा आबद्ध कर्मचारीहरुको कडा मिहिनेत र सञ्चालकको सही व्यवस्थापनले आज राम्रै नतिजा दिन सकेको बताए । साथै उनले आजको मितिसम्म यो संस्थामा कुनै पनि किसिमको नकारात्मक विषयहरू बाहिर नआएको हुनाले ढुक भएर कारोबार गर्न आम जनतालाई आग्रह गरे ।

सो अवसरमा संस्थाका कर्मचारी, लगानीकर्ता, शेयर धनी सञ्चारकर्मी लगायतहरुको उपस्थिति रहेको थियो । साथै उत्कृष्ट सेयर सदस्यलाई खादा माला लगाई मायाको चिनो सहित सम्मान गरिएको थियो । यसैगरी प्रमुख अतिथि, विशिष्ट अतिथी, अतिथि लगायतहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष डा. नुसरत जहान अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य संस्थाका प्रबन्धक किरण ठाकुरले गरेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी उज्वल शर्माले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।