13 July ,2026,Monday

वीरगंज जेसिजको ५३ औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भव्य रूपमा सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २८ मंसीर । वीरगंज जेसिजको ५३औँ वार्षिक साधारण सभा तथा शाखा अधिवेशन भव्य एवं सभ्य वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। उक्त साधारण सभा वीरगञ्ज जेसिज वर्ष २०२५ का अध्यक्ष सिनेटर सरोज चौरसियाको सभापतित्वमा सम्पन्न भएको हो ।

   साधारण सभाको औपचारिक सत्रमा महासचिवज्यूले वर्षभरि सञ्चालन गरिएका विविध कार्यक्रम तथा गतिविधिहरू समेटिएको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने कोषाध्यक्षले शाखाको आर्थिक अवस्थालाई प्रतिबिम्बित गर्ने विस्तृत आर्थिक प्रतिवेदन सभासमक्ष प्रस्तुत गर्नुभयो। साथै बोर्ड अफ ट्रस्टीजको तर्फबाट सिनेटर निशान्त लामिछानेले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

साधारण सभासँगै सम्पन्न निर्वाचन कार्यक्रम अन्तर्गत वीरगंज जेसिज वर्ष २०२६ का लागि नयाँ कार्यसमिति चयन गरिएको छ। निर्वाचनको सम्पूर्ण प्रक्रिया सम्पन्न पश्चात् निर्वाचन आयुक्त सिनेटर डा. अरविन्द श्रेष्ठले निर्वाचन परिणाम औपचारिक रूपमा घोषणा गर्नुभयो ।

निर्वाचन नतिजा अनुसार अध्यक्ष पदमा जेसी रविन्द्र श्रेष्ठ निर्वाचित हुनुभएको छ। कार्यकारिणी उपाध्यक्ष पदमा जेसी रोशन दास थारु तथा जेसी रामानन्द चौधरी चयन हुनुभएको छ। त्यस्तै उपाध्यक्ष पदमा क्रमशः जेसी निशचल प्रजापति, जेसी दीपक कुमार मेहता, जेसी रोहित गुप्ता र जेसी राकेश प्रसाद कुशवाहा निर्विरोध निर्वाचित हुनुभएको छ ।

वर्ष २०२६ का लागि नवनिर्वाचित अध्यक्ष जेसी रविन्द्र श्रेष्ठले आफ्नो कार्यकाललाई प्रभावकारी, उत्तरदायी तथा सफल बनाउने उद्देश्यले कार्यसमितिलाई पूर्णता दिँदै जेसी उमेश गुप्तालाई कानुनी सल्लाहकार, जेसी प्रकाश साहलाई महासचिव तथा जेसी पप्पु गुप्तालाई कोषाध्यक्ष पदमा मनोनयन गर्नुभएको छ ।

त्यसैगरी बोर्ड सल्लाहकारका रूपमा वर्ष २०२५ का कार्यकारिणी उपाध्यक्ष जेसी सेराज अन्सारीलाई मनोनयन गरिएको छ। अध्यक्ष सल्लाहकारका रूपमा पूर्व अध्यक्षहरू जेसी मुकेश सिंह, सिनेटर सन्तोष खनाल, सिनेटर बद्री बहादुर अधिकारी, सिनेटर गणेशमान श्रेष्ठ, सिनेटर निशान्त कुमार लामिछाने तथा सिनेटर अमित श्रेष्ठलाई मनोनयन गरिएको छ। साथै पूर्व अध्यक्ष जेसी अमर बहादुर गौतमलाई प्रमुख अध्यक्ष सल्लाहकारको रूपमा मनोनयन गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...