15 December ,2025,Monday

सुपर ओभरमा रोमाञ्चक जित निकाल्दै प्रेस्टिन भेली 6th Corporate Super Six Cricket Tournament 2082 को च्याम्पियन

अभिलाष गुप्ता

वीरगंज, २८ मंसीर । लायन्स क्लब वीरगंज परिवार र वीरगञ्ज स्पोर्ट्स एकाडेमीको संयुक्त आयोजनामा आज वीरगञ्जको आदर्शनगर रङ्गशालामा सम्पन्न 6th Corporate Super Six Cricket Tournament 2082 को उपाधि प्रेस्टिन भेली ले जितेको छ।

फाइनल खेलमा प्रेस्टिन भेलीले दिएको ८२ रनको लक्ष्य अग्नि ग्रुप ले बराबरी गरेपछि खेल सुपर ओभरमा पुगेको थियो। सुपर ओभरमा अग्नि ग्रुपले जम्मा २ रन मात्र बनाउन सकेकोमा प्रेस्टिन भेलीले ३ रन बनाउँदै रोमाञ्चक जित निकालेर च्याम्पियन बन्न सफल भयो।

सेमिफाइनल चरणमा प्रेस्टिन भेली र राष्ट्र बैंक, तथा अग्नि ग्रुप र वाणिज्य बैंक बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगिताअन्तर्गत प्लेयर अफ द सिरिज अग्नि ग्रुपका विक्रम बस्नेत, बेस्ट ब्याटर प्रेस्टिन भेलीका अफ्ताब हुसैन र बेस्ट बलर महालक्ष्मी विकास बैंकका सागर गुप्ता घोषित भए।

कार्यक्रमको अध्यक्षता वीरगञ्ज स्पोर्ट्स एकाडेमीका अध्यक्ष तथा लायन्स क्लबका रिजन चेयरपर्सन सन्दिप गुप्ता ले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा नेशनल मेडिकल कलेजका एमडी तथा म्यानेजिङ डाइरेक्टर सहनवाज अन्सारी सहभागी रहनुभएको थियो।

उक्त अवसरमा लायन्स क्लब वीरगञ्ज परिवारका अध्यक्ष लायन नरोत्तम पाण्डे, लायन्स डिस्ट्रीक 325 एसका फस्ट भाइस डिस्ट्रीक गभर्नर लायन राम बिहारी पाण्डे, पूर्व डिस्ट्रीक गभर्नर लायन डा. रमेश कुमार अग्रवाल, उद्योग वाणिज्य संघका अध्यक्ष हरि प्रसाद गौतम, मनोज उपाध्याय, डिस्ट्रीक एक्ज्युटिभ चिफ लायन बासु तिमल्सिना र लायन रिकेश साह, डिस्ट्रीक चिफ लायन श्याम गुप्ता, एरिया–३ का एरिया चिफ लायन रामेश्वर गुप्ता, वीरगञ्ज स्पोर्ट्स एकाडेमीका सचिव नरेश रौनियार, प्रमोद गुप्ता, परिवारका निवर्तमान अध्यक्ष लायन भानुभक्त अधिकारी लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतियोगितामा बैंक, फाइनान्स तथा विभिन्न कोर्पोरेट क्षेत्रका गरी २४ टिम ले सहभागिता जनाएका थिए।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।