13 July ,2026,Monday

ब्राह्मण समाज नेपाल पर्साको जिल्ला इन्चार्जमा डा. पुरुषोत्तम दुबे नियुक्त

अभिलाष गुप्ता

वीरगंज, २९ मंसिर । ब्राह्मण समाज नेपाल, पर्सा जिल्लाको जिल्ला इन्चार्ज (कार्यकारी अध्यक्ष) पदमा ज्योतिष सम्राट डा. पुरुषोत्तम दुबेलाई नियुक्त गरिएको छ । उक्त अवसरमा ब्राह्मण समाज नेपालका केन्द्रीय उपाध्यक्ष पण्डित देवनाथ उपाध्याय, संरक्षक नरेन्द्र तिवारी, जिल्ला कार्यसमितिका अध्यक्ष कामेश्वर मिश्र, डा. सुरेन्द्र तिवारी तथा केन्द्रीय नेतृत्वका रामबिहारी पाण्डेय लगायतको विशेष उपस्थिति रहेको थियो ।

कार्यक्रमका क्रममा ब्राह्मण समाज नेपालका विधान अनुसार ११ सदस्यीय जिल्ला कार्य समितिको पुनः गठन गरिएको छ । पुनर्गठित जिल्ला कार्यसमितिमा अध्यक्षमा कामेश्वर मिश्र, जिल्ला कार्यकारी अध्यक्ष (इन्चार्ज) मा डा. पुरुषोत्तम दुबे चयन भएका छन् ।

त्यसैगरी उपाध्यक्षमा पण्डित दिनेश तिवारी, सचिवमा पण्डित रत्नेश तिवारी, कोषाध्यक्षमा शैलेन्द्र उपाध्याय, सह–सचिवमा आशीष तिवारी तथा सदस्यमा विवेक पाण्डेय चयन भएका छन् । सल्लाहकारमा पण्डित विद्याधर झा र वन्दना शर्मा, वरिष्ठ सल्लाहकारमा प्रकाश उपाध्याय र पेलेंसर बाबा चयन गरिएको छ ।

नवगठित समितिले समाजको संस्थागत विकास, आजीवन सदस्यता प्रमाणपत्र वितरण, साधारण सदस्यता विस्तार तथा समाजका लागि धर्मशाला निर्माण जस्ता महत्वपूर्ण कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ । साथै ब्राह्मण समाजको समग्र उत्थानका लागि सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

समितिले आगामी तीन महिनाभित्र पूर्णरूपमा जिल्ला अधिवेशन सम्पन्न गर्ने उद्देश्यसमेत तय गरेको छ । हाल नेपालमा हुन गइरहेको निर्वाचनलाई ध्यानमा राख्दै ब्राह्मण समाज नेपाललाई सामाजिक तथा सांगठनिक रूपमा एक महत्वपूर्ण समीकरणका रूपमा जोडेर हेरिन थालिएको छ, जसले आम जनमानसमा संगठनप्रतिको चासो थप बढाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...