16 December ,2025,Tuesday

रास्वपा वीरगंज महानगर सभापतिमा महमुद्दिन आलम चयन

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वीरगंज महानगर भेलाले  महमद महमुद्दिन आलमको अध्यक्षतामा २५ सदस्यीय  महानगर समिति सर्वसम्मत रूपमा चयन गरेको छ ।

समितिको उपसभापतिमा परितोष द्विवेदी,  सचिवमा गौतम श्रेष्ठ उप सचिवमा मुन्ना साह र सदस्यहरूमा कमल भुजेल, देबकी गुरूङ,  रत्ना मानन्धर, पूर्णिमा शर्मा, सञ्जु शर्मा, कन्हैया प्रसाद, सन्दिप कुशवाह, आस महम्मद मन्सुरी,  आजम मियाँ अन्सारी, विपिन शाह, लक्ष्मी नारायण साह, नगेन्द्र राउत थारू, प्रमोद कुमार पटेल, मुकेश कुमार कुर्मी, उमेश कुमार साह, प्रकाश कुमार कलवार, सदरे आलम, राज कुमार चौरसिया  र राजकुमार उपाध्याय चुनिएका हुन ।

महानगर भेलाको उद्धघाटन गर्न आउनु भएका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापती डीपी अर्यालले अब देशले रास्वपाको नेतृत्व खोजेको र अबको चुनावले त्यसलाई स्थापित गर्ने बताए ।  उनले आफ्ना सभापति माथि राजनीतिक प्रतिशोध साधिएको र अबको सरकारले त्यसलाई कसरी लिन्छ त्यो संपूर्ण नेपाली जनताले नजिक बाट नियाली रहेको बताए ।

भेलाको सभापतित्व गरेका पर्सा जिल्लाका सभापति हरी पन्तले पर्सा जिल्लामा राजनीति भ्रष्टाचारी र अपराधीहरूले जस्ता गलत व्यक्तिहरूले मात्र गर्ने हो भनेर एउटा गलत भाष्य निर्माण भएकोले अब पर्सेली जनताले त्यस्ता गलत नजिर तोड्ने बताए ।  उनले अब पर्सेली जनता परिवर्तनको पक्षमा उभिने बताए ।

कृष्णा पासवानले सहजीकरण गरेको उक्त भेलामा केन्द्रिय सदस्य डा नन्दन यादव संगठन विभाग प्रमुख शंकर श्रेष्ठ, नेताहरू जीतेन्द्र मिश्र, मनोज कुर्मी, फैयाज मियाँ, पुरूषोत्तम उपाध्यक्ष, सब्बु कँडेल, दिलीप कुर्मी, राधिका न्यौपाने मानिस शाह लगायतले मन्तब्य राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।