16 December ,2025,Tuesday

अध्यक्ष डी.पी. अर्यालको प्रमुख उपस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वीरगंज महानगरपालिका भेला सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, २९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम वीरगंज महानगरपालिका भेला आज भव्य तथा सफलतापूर्वक सम्पन्न भएको छ । पार्टीका केन्द्रीय अध्यक्ष डी.पी. अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा संगठन विस्तार, समसामयिक राजनीतिक अवस्था र भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो ।

भेलालाई सम्बोधन गर्दै अध्यक्ष अर्यालले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको आवाज बोकेको नयाँ र वैकल्पिक राजनीतिक शक्ति भएको उल्लेख गर्नुभयो । उहाँले पारदर्शिता, सुशासन र जवाफदेहितालाई केन्द्रमा राखेर राजनीति अघि बढाउने पार्टीको मूल प्रतिबद्धता दोहोर्‍याउँदै स्थानीय तहबाटै संगठन मजबुत बनाएर देशभर पार्टीलाई सुदृढ बनाउने आवश्यकता औँल्याउनुभयो ।

कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागी वक्ताहरूले वीरगंज महानगर क्षेत्रमा पार्टीको भूमिका अझ प्रभावकारी बनाउने, जनसमस्यामा केन्द्रित राजनीति गर्ने तथा आगामी दिनमा जनसरोकारका कार्यक्रमहरू सञ्चालन गर्ने विषयमा आ–आफ्ना धारणा व्यक्त गरेका थिए।

भेलाले वीरगंज महानगरपालिका स्तरमा संगठनलाई व्यवस्थित, अनुशासित र सशक्त बनाउँदै अघि बढ्ने निर्णयसमेत गरेको छ। साथै संगठनात्मक जिम्मेवारी विस्तार गर्दै वीरगन्ज महानगर कमिटीको सिफारिसमा मधेस प्रदेश सदस्य पदमा दिपराज पटेल चयन गरिएको जानकारी पनि कार्यक्रममा दिइएको थियो।

कार्यक्रम सौहार्दपूर्ण तथा उत्साहजनक वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल ।

सीमित समयका लागि मात्र अफर लागू !
विशेष छुटका साथ भव्य अफर सुरू !  नयाँ डिजाइनका सुन–चाँदीका गहना
वैवाहिक तथा उपहार सामग्रीमा विशेष छूट
विश्वास, गुणस्तर र उचित मूल्यको सुनिश्चितता आजै आउनुहोस्,
मनपर्ने गहना छान्नुहोस् र विशेष छुटको फाइदा लिनुहोस्।
कल्याण ज्वेलर्स – जहाँ विश्वास झल्किन्छ, सौन्दर्य चम्किन्छ।