17 December ,2025,Wednesday

१७६ किलो गाँजासहित पिकअप चालक पक्राउ

वीरगंज, १ पुस । जिल्ला प्रहरी कार्यालय, पर्साले १७६ किलो गाँजासहित पिकअप चालक लाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी सिर्सिया पर्साबाट खटिएको प्रहरी टोलीले मंसिर २९ गते राति ८ बजेको समयमा जिल्ला पर्सा, वीरगंज महानगरपालिका वडा नं. १७ कोनिया जाने सडक खण्डमा बा.२१ च ७८५५ नम्बरको पिकअप गाडी चेकजाँच गर्दा गाडीको पछाडिपट्टी प्लाष्टिकको बोरालाई परालले छोपी लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध गाँजा १७६ के.जी. फेला परेको प्रहरीले जनाएको छ ।

पिकअप गाडीका चालक जिल्ला रामेछाप खाडादेवी गाउँपलिका वडा नं. १ बस्ने वर्ष २८ को सुबराज श्रेष्ठलाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी निरिक्षक अमृत बहादुर बस्नेतले जानकारी गराएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल