19 December ,2025,Friday

वीरगंजमा हिन्दुवादी नेता राजपुतकाे रिहाइको माग गर्दै प्रहरी कार्यालय अगाडि टायर बालेर युवाहरुको प्रदर्शन

वीरगंज, पुस ३ । जेनजी आन्दोलनमा वीरगंजका मेयर राजेशमान सिंहको घरमा आगजनी गरेको आरोपमा पक्राउ परेमा हिन्दुवादी नेता रन्जन सिंहको रिहाईको माग गर्दै युवाहरुले प्रदर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिकै सडकमा उनिहरुले टायर बालेर प्रदर्शन गरेका हुन् ।

राजपुतलाई तत्काल बिना शर्त रिहा नगरिए अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत उनिहरुले दिएका छन्।राजपुत निर्दोष रहेको उनिहरुको दाबी छ ।

भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा वीरगंजमा सार्वजनिक र निजी सम्पतिमा गरिएको आगजनीको घटनामा संलग्नहरूलाई प्रहरीले बिहीबारदेखि पक्राउ गर्न सुरु गरेको हो। यसै क्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको वीरगंज महानगरपालिका–३ स्थित घरमा आगजनी गरेको आरोपमा वीरगंज महानगरपालिका–९ रानीघाटका अन्दाजी ४० वर्षीय रञ्जन सिंह राजपुतलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सोधपुछका बहानामा बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयमा प्रहरीले बोलाएको थियो। त्यही क्रममा उनलाई नियन्त्रणमा लिएर प्रहरी हिरासतमा राखिएको पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिए ।

मेयर सिंहले आफ्नो निजी घरमा तोडफोड, आगजनी र लुटपाट गर्नेहरु विरुद्ध किटानी जाहेरी दिएपछि पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको र त्यसैका आधारमा बिहीबार बिहान राजपुतलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको पाठकले बताए ।

जेजनी आन्दोलनका क्रममा भदौ २४ गते वीरगंजमा वीरगंज महानगरपालिकाको कार्यालय, वडा नम्बर १०, १४ र २६ को कार्यालय, प्रहरी चौकी रानीघाट, अस्थायी प्रहरी पोस्ट घण्टाघर र शिव पार्वती मठ, आन्तरिक राजस्व कार्यालय, नेपाल टेलिकमको कार्यालय, नेपाली कांग्रेस र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।

त्यही दिन वीरगंज महानगरका मेयर राजेशमान सिंह, पूर्वमन्त्रीहरु प्रदीप यादव, अजय चौरसिया र राजकुमार गुप्ता, मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटाको निजी घरमा तोडफोड, आगजनी र लुटपाट गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल