spot_img

16 February ,2026,Monday

नेपालमै पहिलो पटक किरण आँखा अस्पतालबाट एसिलोर–लक्सोटिका एक्सपेरियन्स जोन सुरु

अभिलाष गुप्ता

वीरगंज, ४ पुस । वीरगंज नेपालमा पहिलो पटक एसिलोर–लक्सोटिकाको ‘एक्सपेरियन्स जोन’ वीरगंजस्थित किरण आँखा अस्पतालबाट सुरु गरिएको छ । एक विशेष कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले शुक्रबार उक्त एक्सपेरियन्स जोनको उद्घाटन गर्नुभयो।

उद्घाटन समारोहमा महानगर प्रमुख सिंहले किरण आँखा अस्पतालले उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको उल्लेख गर्दै यहाँ उपलब्ध विश्वस्तरीय र गुणस्तरीय चस्मा तथा लेन्सको सेवा लिन सबैमा आग्रह गर्नुभयो । उहाँले यो एक्सपेरियन्स जोनबाट वीरगंज सहित सीमावर्ती भारतका नागरिकहरू समेत लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो ।

यसैबीच, एसिलोर–लक्सोटिकाका नेपालका बजार प्रमुख कामना गिरीले आँखाको चस्मामा प्रयोग हुने ओरिजनल लेन्समध्ये विश्वको नम्बर एक ब्रान्ड एसिलोर भएको जानकारी दिनुभयो । उहाँका अनुसार यी लेन्स आँखाका लागि सुरक्षित, टिकाउ र दीर्घकालीन प्रयोगका लागि उपयुक्त भएकाले अलि महँगो भए पनि स्वास्थ्यका दृष्टिले लाभदायक छन् ।

उद्घाटन कार्यक्रममा डा. आनन्द कुमार झा, डा. मनोज रुङगटा, डा. राकेश झा, डा. अभिषेक सिंह, डा. जगदिश अग्रवाल, डा. मञ्जुलता अग्रवाल, एम. ईजहार, ग्रिन सिटीका अध्यक्ष जय प्रकाश खेतन लगायत अन्य अतिथिहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल