21 December ,2025,Sunday

आशा किरण केन्द्रको ११ औँ वार्षिकोत्सवमा नेशनल मेडिकल कलेजसँग स्वास्थ्य सहयोग सम्झौता

वीरगंज, ०५ पुस । नेशनल मेडिकल कलेज प्रा. लि. र आशा किरण केन्द्रबीच औपचारिक सम्झौता हस्ताक्षर गरिएको छ ।

यस अवसरमा आशा किरण केन्द्रको ११ औँ वार्षिकोत्सवको विशेष कार्यक्रम आयोजना गरिएको थियो । सम्झौताको उद्देश्य आशा किरण केन्द्रका कर्मचारी, अभिभावक र विकासात्मक चुनौती भएका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु हो ।

सम्झौता अनुसार नेशनल मेडिकल कलेजले आकस्मिक घटना, आपत्कालीन स्वास्थ्य सेवा र क्यासलेस थर्ड पार्टी इन्स्योरेन्स सुविधा उपलब्ध गराउनेछ । साथै, ओपीडी, डे-केयर, सामान्य बेड, आईसीयू एनआईसीयू पिक्यू, सर्जरी, प्रयोगशाला परीक्षण, एक्स-रे,भिडियो एक्स-रे, सीटी स्क्यान , एमआरआई, फार्मेसी तथा डेन्टल प्रक्रियामा छुट प्रदान गरिनेछ भने बालबालिकाहरूका लागि छुट विशेष रूपमा लागू हुनेछ ।

उक्त कार्यक्रममा नेशनल मेडिकल कलेजबाट डा. इशरत जाहान अन्सारी अस्पताल निर्देशक, इञ्जि. प्रदीप कुमार चौधरी ,सि.आई.ओ. र जितेश चन्द्र दास मार्केटिङ म्यानेजर उपस्थित थिए भने आशा किरण केन्द्रबाट सुनिल गुप्ता संस्थापक एवं अध्यक्ष उपस्थित हुनु भएको थियो ।
कार्यक्रममा अन्य प्रमुख व्यक्तित्वहरू पनि उपस्थित थिए, जसमध्ये सशस्त्र प्रहरी पर्सा १३ नम्बर गण एस पी पूर्णचन्द भट्ट , उद्योगपति शुरेश रुँगटा, मानवसेवा आश्रम, बिरगञ्जका संस्थापक श्री देवेश, कार्यक्रम अध्यक्ष सुनिल गुप्ता र मुख्य अतिथि डा. बसन्त पन्त अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युटका अध्यक्ष रहेका थिए ।

सम्झौता एक वर्षको लागि लागू हुनेछ र आवश्यक्ता अनुसार दुवै पक्षको सहमतिमा नविकरण गर्न सकिनेछ । यस कार्यक्रममा स्वास्थ्य सेवा र सामाजिक दायित्वबीचको सहकार्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ । सम्झौताको पक्षमा नेशनल मेडिकल कलेज प्रा. लि. का अस्पताल निर्देशक डा. इशरत जाहान अन्सारी र आशा किरण केन्द्रका संस्थापक एवं अध्यक्ष सुनिल गुप्ताले हस्ताक्षर गर्नुभएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल