12 July ,2026,Sunday

न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बारको अभियानअन्तर्गत बिरगंजमा बार डे–२०८२ प्रभातफेरी सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, ०७ पुस । वीरगंजमा न्याय, संविधान र मानव अधिकारको पक्षमा नेपाल बारको अभियान अन्तर्गत बार डे–२०८२ को अवसरमा आज बिहान वीरगंजमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ।उच्च अदालत बार एसोसिएसन वीरगंज तथा पर्सा जिल्ला अदालत बार एसोसिएसनको संयुक्त आयोजनामा सम्पन्न प्रभातफेरी वीरगंजको घण्टाघर चोकबाट सुरु भई वीरगंज बजार परिक्रमा गर्दै पुनः घण्टाघरमै पुगेर सम्पन्न भएको थियो ।

उक्त कार्यक्रम उच्च अदालत बार एसोसिएसन वीरगंजका अध्यक्ष सैलेन्द्र बर्माको अध्यक्षता सम्पन्न भएको कार्यक्रम प्रमुख अतिथी जिल्ला बार एसोसिएसनका निबर्तमान उपाध्यक्ष सुधीर कुमार कर्णको आतिथ्यमा सम्पन्न भएको थियोे । भने विशिष्ट अतिथिमा जिल्ला बार एसोसिएसनका अध्यक्ष रामनारायण कुर्मी, उच्च अदालत बार एसोसिएसनका सचीव प्रजवल अधिकार, उच्च अदालत बार एसोसिएसनका कार्य समिती सदस्य चन्द्रीका प्रसाद पटेल लगाएतकाहरुको उपस्थिति रहेको थियोे ।

वीरगंज स्कुल अफ ल का कानून अध्ययनरत बिए एल एल बि का विद्यार्थीहरु द्वारा ब्यानर तथा हातमा प्लेकार्ड बोकेर निकालिएको प्रभातफेरीमा बिहान ७ बजेदेखि कानून व्यवसायी, कानून अध्ययनरत विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रभातफेरीका क्रममा सहभागीहरूले न्याय, संविधानको रक्षा तथा मानव अधिकारको सम्मान सम्बन्धी सन्देशमूलक नारा लेखिएका ब्यानर र प्लेकार्ड प्रदर्शन गरेका थिए । कार्यक्रममा कानूनको शासन सुदृढ गर्न तथा नागरिकका मौलिक अधिकारको संरक्षणमा बारको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइएको थियो ।

कार्यक्रम संचालन उच्च अदालत बार एसोसिएसनका कार्य समिती सदस्य चन्द्रीका प्रसाद पटेलले गरेका थिए । आयोजक संस्थाका पदाधिकारीहरूले बार डे–२०८२ को अवसरमा आयोजना गरिएको यस किसिमको कार्यक्रमले न्यायिक सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...