22 December ,2025,Monday

पर्सा प्रहरीद्धारा दुई स्थानमा लगाइएको साढे तीन कठ्ठा गाँजा खेती फडानी

वीरगंज, ७ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले सोमवार पर्सा जिल्लाका दुई स्थानमा लगाइएको साढे तीन कठ्ठा गाँजा खेती फडानी गरेको छ । 
जीराभवानी र पटेर्वा सुगौली गाउँपालिकाका विभिन्न स्थानमा पुगेर ७५०० गाँजाका बोटहरू फडानी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख सुदिपराज पाठकले जनाएको छ । 
सोमवार पटेर्वासुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको १५ जनाको विशेष टोलीले जीराभवानी गाउँपालिका वडा नं. ५, हरैयास्थित भलुवाही खोलाको बगरमा अवैध रूपमा उमारिएको करिब १ कठ्ठा गाँजाको बोट नष्ट गरेको छ । 
त्यस्तै पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४, फरदवास्थित ऐलानी जग्गामा लगाइएको करिब २.५ कठ्ठा गाँजा समेत फडानी गरेको प्रहरी उपरीक्षक पाठकले बताए ।
दुवै स्थान गरी कुल ३.५ कठ्ठा जमिनमा लगाइएको करिब ७ हजार ५ सय वटा गाँजाका बोटहरू उखेलेर नष्ट गरिएको उनलेबताए । 
अवैध गाँजा खेती गर्ने व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । 
प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल