24 December ,2025,Wednesday

विन्दवासिनी माई मन्दिर क्षेत्रको सार्वजनिक जग्गा संरक्षणबारे छलफल कानुनी निकास खोजिने

अभिलाष गुप्ता

वीरगंज, ०८ पुस । वीरगंज महानगरपालिका वडा नं. १९ स्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र विन्दवासिनी माई मन्दिरमा मंगलबार महानगर प्रमुख राजेशमान सिंहले दर्शन तथा अवलोकन गरेका छन्। दर्शनपछि मन्दिर आसपास रहेको सार्वजनिक जग्गा–जमिनको विषयमा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवाला निकायबीच विस्तृत छलफल गरिएको हो।

वर्षौँदेखि विन्दवासिनी माई मन्दिरको नाममा रहेको सार्वजनिक जग्गा अनधिकृत रूपमा प्रयोग हुँदै आएको उल्लेख गर्दै मेयर सिंहले उक्त सम्पत्तिको संरक्षण र व्यवस्थापन अपरिहार्य रहेको बताए। उनले सार्वजनिक सम्पत्तिको दुरुपयोग अन्त्य गर्दै कानुनअनुसार उचित निकास निकालिने स्पष्ट पारे।छलफलमा विन्दवासिनी माई क्षेत्रसँग जोडिएका सार्वजनिक जग्गा–जमिनको संरक्षण, सदुपयोग तथा दीर्घकालदेखि देखिँदै आएका कानुनी र व्यवस्थापनसम्बन्धी समस्याबारे गम्भीर समीक्षा गरिएको थियो। स्थानीयले अतिक्रमण, दुरुपयोग र अस्पष्ट स्वामित्वका कारण विकास कार्य प्रभावित हुँदै आएको गुनासो राखेका थिए।

कार्यक्रममा पर्सा जिल्लाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सार्वजनिक सम्पत्ति राज्य र जनताको साझा धरोहर भएको उल्लेख गर्दै यसको संरक्षण र व्यवस्थापन कानुनी प्रक्रियाअनुसार अघि बढाइने बताए। वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक, सीमांकन र प्रयोगसम्बन्धी विषयलाई प्राथमिकतामा राखिने जानकारी दिए।पर्सा प्रहरी प्रमुख सुदिपराज पाठकले सार्वजनिक सम्पत्तिको संरक्षणमा प्रहरी प्रशासनको पूर्ण सहयोग रहने जनाउँदै शान्ति–सुरक्षालाई ध्यानमा राखेर प्रक्रिया अघि बढाइने बताए। वडा नं. १९ का वडा अध्यक्ष मुकेश चौरसियाले विन्दवासिनी माई क्षेत्र धार्मिक मात्र नभई सामाजिक तथा सांस्कृतिक रूपमा पनि महत्वपूर्ण भएको उल्लेख गर्दै दीर्घकालीन समाधान आवश्यक रहेको बताए।

कार्यक्रममा सहभागी वडा सदस्यहरू, महानगरपालिका र महानगर प्रहरीका प्रतिनिधि तथा स्थानीय नेताहरूले पनि स्पष्ट नीति, कार्ययोजना र सम्बन्धित निकायबीचको सहकार्यबाट समस्या समाधान सम्भव हुने धारणा राखेका थिए।छलफलको निष्कर्षस्वरूप विन्दवासिनी माई मन्दिर क्षेत्रसँग जोडिएका सार्वजनिक जग्गा–जमिनसम्बन्धी विषयमा कानुनी प्रक्रिया अनुसार निकास दिन सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल