spot_img

16 February ,2026,Monday

प्याब्सन टी–१० क्रिकेट : सातौँ दिन पाँच खेल सम्पन्न, विद्यालयस्तरीय खेलाडीको उत्कृष्ट प्रदर्शन

अभिलाष गुप्ता

वीरगंज, ०८ पुस । निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) वीरगञ्जको आयोजनामा सञ्चालन भइरहेको दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एन्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत मङ्गलबार सातौँ दिन पाँच वटा रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् ।

सातौँ दिनको पहिलो खेल छात्रातर्फ गुरुकुल एकेडेमी र सनशाइन एकेडेमीबीच सम्पन्न भयो। प्रतिस्पर्धात्मक खेलमा गुरुकुल एकेडेमीले सनशाइन एकेडेमीलाई ८ रनले पराजित गर्दै जित हात पार्‍यो। उक्त खेलमा अग्रदा झा प्लेयर अफ द म्याच घोषित भइन् ।

दोस्रो खेल छात्रातर्फ एस.आर. ग्यालेक्सी एकेडेमी र ज्ञान वाटिकाबीच भएको थियो। खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले १३ रनको जित दर्ता गर्‍यो । यस खेलकी प्लेयर अफ द म्याच रागिनी कुशवाहा घोषित भइन् ।

तेस्रो खेल जुनियर छात्रतर्फ डोल्फिन एकेडेमी र फुर्कान एकेडेमीबीच सम्पन्न भयो । खेलमा फुर्कान एकेडेमीले ६० रनको फराकिलो जित हासिल गर्‍यो । उक्त खेलका प्लेयर अफ द म्याच सेइख हबीबुल्लाह बने ।

चौथो खेल जुनियर छात्रतर्फ अल्पाइन हाई स्कुल र एस.आर. ग्यालेक्सी एकेडेमीबीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा एस.आर. ग्यालेक्सी एकेडेमीले ३ विकेटले जित दर्ता गर्‍यो। यस खेलका प्लेयर अफ द म्याच रितिक कुशवाहा घोषित भए ।

सातौँ दिनको अन्तिम खेल छात्रातर्फ साउथ जोन सेकेन्डरी स्कुल र लिटल एन्जेल्स सेकेन्डरी स्कुलबीच सम्पन्न भयो । खेलमा साउथ जोन सेकेन्डरी स्कुलले ८१ रनको शानदार जित हात पार्‍यो । उक्त खेलकी प्लेयर अफ द म्याच सिवानी साह घोषित भइन् ।

आयोजकका अनुसार सातौँ दिनका खेलहरूले प्रतियोगितालाई थप रोमाञ्चक बनाएको छ। वीरगंजमा सञ्चालन भइरहेको यस प्रतियोगिताले विद्यालयस्तरका छात्रा तथा जुनियर छात्र खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल