23 December ,2025,Tuesday

एनआइ कप क्रिकेट : ग्लोबल बिजनेस कलेजको लगातार दोस्रो जीत

अभिलाष गुप्ता

वीरगंज, ०८ पुस । पाँचौँ संस्करणको नेशनल इन्फोटेक अन्तरकलेज टी–२० क्रिकेट कप (एनआइ कप) अन्तर्गत छैटौँ दिनको पहिलो खेलमा ग्लोबल बिजनेस कलेजले वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी (बीआइटी) लाई १०० रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार दोस्रो जीत दर्ता गरेको छ ।

वीरगञ्जस्थित टिबी शाह (नारायणी) क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको ग्लोबलले २० ओभरमा २ विकेटको क्षतिमा १८३ रन बनायो । ओपनर रविन्द्र सिंह कुँवरले अविजित ८३ रनको उत्कृष्ट पारी खेले भने शुभम् बरालले ३३ र रबिन मण्डलले ४४ रनको योगदान दिए ।

१८४ रनको लक्ष्य पछ्याएको बीआइटी १९.३ ओभरमै ८३ रनमा अलआउट भयो। बीआइटीका लागि मरुफ अन्सारीले २२ र निखिल पटेलले १७ रन बनाए। बलिङतर्फ ग्लोबलका अनुज ठाकुरले ५ विकेट लिँदै शानदार प्रदर्शन गरे ।

यसअघि ग्लोबलले ओम नेशनल एकेडेमीलाई पनि ठूलो अन्तरले पराजित गरेको थियो । प्रतियोगिताअन्तर्गत हाल आयोजक नेशनल इन्फोटेक कलेज र हेटौँडा स्कुल अफ म्यानेजमेन्टबीच प्रतिस्पर्धा जारी छ ।

एनआइ कप तराई–मधेस क्षेत्रकै लोकप्रिय अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिताका रूपमा स्थापित हुँदै आएको छ, जसमा पर्सा, बारा र मकवानपुरका १० कलेज सहभागी छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल