अभिलाष गुप्ता
वीरगंज, ९ पुस । शिक्षाविद् तथा राजनीतिमा निरन्तर शालीन ढङ्गले सक्रिय रहँदै आएका सादा जीवनशैलीका धनी डा. नन्दन यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट मधेशी क्लस्टर अन्तर्गत समानुपातिक उम्मेदवार बन्ने चर्चाले सम्पूर्ण मधेसमा सकारात्मक तरङ्ग सिर्जना गरेको छ ।
रास्वपाका केन्द्रीय सदस्य तथा वाचा–पत्र तयारी समितिका सदस्य समेत रहेका डा. यादवले मधेश प्रदेशमा पार्टीको संगठन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ । साथै, उहाँको शिक्षा क्षेत्रमा समेत उल्लेखनीय योगदान रहँदै आएको छ।
उहाँलाई शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप राष्ट्रिय शिक्षा पदक–२०६८ तथा अन्तर्राष्ट्रिय एजुकेटेड अवार्ड–२०२३ बाट सम्मानित गरिएको छ ।
यसअघि डा. यादव नेपाल समाजवादी पार्टी (लोहियावादी) का राष्ट्रिय अध्यक्ष समेत रहनुभएको थियो । उहाँले विगतका ऐतिहासिक जनआन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्दै संघीय मधेशी मोर्चामा आबद्ध भएर राजनीतिक योगदान दिनुभएको थियो। साथै, उहाँ मदरल्याण्ड माध्यमिक विद्यालयका संस्थापक समेत हुनुहुन्छ ।
डा. नन्दन यादवको सादा जीवनशैली, शैक्षिक योगदान र दीर्घ राजनीतिक अनुभवले मधेसमा नयाँ आशा र सकारात्मक सन्देश प्रवाह गरेको विश्लेषकहरू बताउँछन् ।



