12 July ,2026,Sunday

डिएभी आर.बी. केडिया स्कुलमा कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूको भव्य स्वागत

अभिलाष गुप्ता

वीरगंज, १० पुस । वीरगंज डिएभी आर.बी. केडिया स्कुलमा कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरूको बिहीबार एक विशेष कार्यक्रमबीच भव्य स्वागत कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम डिएभी आर.बी. केडिया स्कुलका प्रिन्सिपल राकेश मिश्रको अध्यक्षतामा तथा माउन्ट मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

स्वागत समारोहलाई सम्बोधन गर्दै प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवले डिएभी आर.बी. केडिया स्कुलमा उच्च शिक्षा अध्ययनका लागि भर्ना भएका सम्पूर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे । उनले विद्यार्थीहरूलाई आफ्नो लक्ष्य स्पष्ट रूपमा निर्धारण गरी विद्यालय तथा अभिभावकको अपेक्षा पूरा हुने गरी ध्यानपूर्वक अध्ययन गर्न आग्रह गरे ।

अध्यक्ष श्रीवास्तवले वीरगञ्जमा रहेका कलेजहरूमध्ये डिएभी आर.बी. केडिया स्कुल गुणस्तरीय शिक्षा प्रदान गर्ने शैक्षिक संस्थाका रूपमा परिचित रहेको उल्लेख गर्दै वीरगंजमै विद्यार्थीहरूले राम्रो र उच्च शिक्षा हासिल गर्न सक्ने वातावरण रहेको बताए । प्याब्सन महानगरले छात्रवृत्ति उपलब्ध गराई विभिन्न कलेजहरूमा विद्यार्थी भर्ना गराउँदै आएको जानकारी दिँदै, एसईई उत्तीर्णपछि विद्यार्थीहरू अन्य शहर पलायन हुने अवस्थालाई आफ्नो कार्यकालमा केही हदसम्म रोक्ने प्रयास भइरहेको पनि बताए ।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल राकेश मिश्रले कक्षा ११ का सबै नवप्रवेशी विद्यार्थीहरूलाई टीका तथा खादा ओढाएर स्वागत गरे । उनले डिएभी आर.बी. केडिया स्कुलमा अध्ययनरत विद्यार्थीहरूका लागि शिक्षा क्षेत्रमा कुनै पनि कसर बाँकी नराखिने प्रतिबद्धता व्यक्त गरे ।
स्वागत समारोहमा विभिन्न विषयका शिक्षक–शिक्षिकाहरू, विद्यालय प्रशासन प्रमुख तथा डिएभी आर.बी. केडिया स्कुलका सञ्चालकहरूको समेत भव्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...