25 December ,2025,Thursday

रक्सौलमा ‘फन फेयर २०२५’ को भव्य आयोजन

रक्सौल, पूर्वी चम्पारण १० पुस ।  शहरको मुख्य मार्गस्थित हजारीमल हाई स्कूल परिसरमा शारदा कला केन्द्र र राइज एनजीओको आयोजना तथा सहकार्यमा बुधबार ‘फन फेयर–२०२५’ को भव्य कार्यक्रम सम्पन्न भयो । उद्घाटन मुख्य अतिथि स्थानीय विधायक प्रमोद कुमार सिन्हा, विशिष्ट अतिथि एसडीएम मनीष कुमार, नगर कार्यपालिकाका पदाधिकारी मनीष आनंद, उपसभापति पुष्पा देवी र अन्य गणमान्य व्यक्तिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गरी गरे ।

कार्यक्रम गणेश वन्दना संग सुरु भएको थियो । शारदा कला केन्द्र र ग्रो जीनियस प्ले स्कूलका विद्यार्थीहरूले रंगीन सांस्कृतिक प्रस्तुतिहरू दिँदै उपस्थितहरूबाट प्रशंसा पाए । मेलामा विभिन्न खेल, चटपटे फास्ट फूड जस्तै पावभाजी, मोमोज, पानीपुरी, स्न्याक्स र चियाका स्टल राखिएका थिए ।

मेलामा नि:शुल्क स्वास्थ्य जाँच स्टल मार्फत हर्बल चिकित्सा पद्धति र चिकित्सीय परामर्श प्रदान गरिएको थियो। बच्चाहरूले झूला, क्ले आर्ट र अन्य गतिविधिहरूमा रमाइलो गरे। डान्स प्रतियोगिता र लकी ड्रोमा विजेताहरूलाई पुरस्कार दिइयो ।

विधायक प्रमोद कुमार सिन्हाले शारदा कला केन्द्रकी संचालिका शिखारंजनको प्रयासको प्रशंसा गर्दै भारतीय कला तथा संस्कृतिको माध्यमबाट बालबालिकाको समग्र विकासमा उनको योगदानको सराहना गरे । शिखारंजनले सबै अतिथि, स्पोन्सर र दर्शकप्रति धन्यवाद व्यक्त गर्दै आगामी वर्ष कार्यक्रम अझ सफल बनाउने प्रतिबद्धता व्यक्त गरिन् । कार्यक्रमको संचालन अमित उपाध्यायले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल