spot_img

16 February ,2026,Monday

कालिकामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा राज कुशवाहा हाजिर, उपप्रमुखद्वारा फुलमाला सहित स्वागत

वीरगंज, ११ पुष । पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आएका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहाले आज शुक्रबार औपचारिक रूपमा हाजिर भई कार्यभार सम्हालेका छन् ।

नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गाउँपालिकामा आयोजित एक कार्यक्रमबीच गाउँपालिकाकी उपप्रमुख फुलमती देवी बरैनीले फुलमाला र गमछा ओढाएर स्वागत गरेकी हुन् । सो अवसरमा जनप्रतिनिधि, कार्यपालिका सदस्य तथा कर्मचारीहरू बीच परिचयात्मक कार्यक्रम समेत सम्पन्न भएको छ ।

गाउँपालिकाको सभा हलमा सम्पन्न परिचयात्मक कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई फुलमाला र अविरको टीका लगाई स्वागत गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत कुशवाहाले कालिकामाई गाउँपालिकाको काम–कारबाही नियमसंगत रूपमा अघि बढाइने र विकासका गतिविधिले गति लिनेमा आफू विश्वस्त रहेको प्रतिक्रिया व्यक्त गरे ।

स्वागत तथा परिचयात्मक कार्यक्रममा वडा अध्यक्षहरू लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय प्रसाद गोढ, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, कृषि प्रमुख रणधिर चौरसिया, जिन्सी प्रमुख विक्रम चौरसिया लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल