27 December ,2025,Saturday

बेलवामा उपप्रमुख इम्तियाज आलमद्वारा विकास निर्माण कार्यको स्थलगत अनुगमन

अभिलाष गुप्ता

वीरगंज, १२ पुष । वीरगंज महानगरपालिका वडा नं. ३१ बेलवामा महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले आफ्नो कोषबाट भइरहेको विकास निर्माण कार्यको स्थलगत अनुगमन गर्नुभएको छ । उपप्रमुख आलमले बेलवामा भइरहेको सडक ढलान तथा रामजानकी मन्दिरको प्रखाल निर्माण कार्यको अवलोकन गर्नुभएको हो ।

केही महिना अघि रामजानकी मन्दिर व्यवस्थापन समितिले उपप्रमुख आलमसमक्ष प्रखाल निर्माणका लागि प्रस्ताव राखेपछि उहाँले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। सोही प्रतिबद्धताअनुसार प्रखाल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाहरू हर्षित भएका छन् ।

यस अवसरमा रामजानकी मन्दिर व्यवस्थापन समितिले एक कार्यक्रमको आयोजना गरेको थियो, जसको प्रमुख अतिथित्व उपप्रमुख इम्तियाज आलमले गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्दै उपप्रमुख आलमले आफू सधैं जनताको साथमा रहेको, आपसी सद्भाव, भाईचारा र सहकार्यबाट समाज अघि बढिरहेको बताउनुभयो । साथै रामजानकी मन्दिरलाई आवश्यक सहयोग गर्न आफू सधैं तयार रहेको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रमको सभापतित्व पूर्व गाउँपालिका अध्यक्ष जोखन दासले गर्नुभएको थियो भने अतिथिहरूमा नेपाली कांग्रेस क्षेत्र नं. २ का सचिव हरि यादव, वडा नं. ३१ का वडा अध्यक्ष जितेन्द्र यादव, हैदर अंसारी, शेख अमरुल हसनलगायत स्थानीयहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल