27 December ,2025,Saturday

प्याब्सन टी–१० क्रिकेट प्रतियोगिताः छात्रा र जुनियर छात्रतर्फ पाँच खेल सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १२ पुष । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगञ्जको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत पाँच खेल सम्पन्न भएका छन् ।

आदर्शनगरस्थित खेल मैदानमा सम्पन्न खेलहरूमा छात्रा तथा जुनियर छात्र दुवै समूहका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरे ।

छात्रातर्फको पहिलो खेलमा बिकोन मावि स्कुलले नवदिप एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्‍यो । उक्त खेलमा सोनाली गुप्ता म्यान अफ द म्याच घोषित भइन् । दोस्रो खेलमा माउन्ट एडमन्ड सेकेन्डरी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ९ विकेटले पराजित गर्दै अर्चना ठाकुर म्यान अफ द म्याच बनिन् ।

चौथो खेलमा ओम नेशनल एकेडेमी स्कुलले चिल्ड्रेन वर्ल्ड सेकेन्डरी स्कुललाई ९ विकेटले हराउँदा प्रज्ञा क्षेत्री म्यान अफ द म्याच घोषित भइन् । जुनियर छात्रतर्फको तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले ज्ञान बाटिका सेकेन्डरी स्कुललाई ९ विकेटले पराजित गर्‍यो ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितेश पटेल म्यान अफ द म्याच बने। अन्तिम खेलमा मनकामना सेकेन्डरी स्कुलले सूर्योदय एकेडेमी स्कुललाई ८ रनले पराजित गर्दै ओसिम आलम म्यान अफ द म्याच घोषित भए ।

प्याब्सन वीरगञ्ज महानगर सचिव अमित आलोकले प्रतियोगिताले विद्यालयस्तरका बालबालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलिरहेकोछ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल