27 December ,2025,Saturday

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टको सहकार्यमा वीरगंजमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

वीरगंज, १२ पुष । नेशनल मेडिकल कलेज, वीरगंज तथा प्रिस्टिन भ्याली ड्राइपोर्ट, वीरगन्जको संयुक्त आयोजनामा श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय, वीरगंजमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । शिविरमार्फत सर्वसाधारण नागरिकहरू लाई निःशुल्क स्वास्थ्य परीक्षण, विशेषज्ञ चिकित्सकद्वारा परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो ।

बिहान १० बजेदेखि सञ्चालन गरिएको शिविरको मुख्य उद्देश्य मधुमेहलगायत दीर्घकालीन तथा सामान्य रोगहरूको प्रारम्भिक पहिचान, उपचार परामर्श प्रदान गर्नु तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको आयोजकले जनाएको छ । शिविरबाट कुल ३१२ जना नागरिक ले स्वास्थ्य जाँच सेवा लिएका थिए ।

शिविरमा रक्तचाप मापन, रगतमा चिनीको मात्रा परीक्षण, तौल र उचाइ मापनलगायत प्रारम्भिक स्वास्थ्य परीक्षणपछि सम्बन्धित विषयका विशेषज्ञ चिकित्सकद्वारा परामर्श सेवा प्रदान गरिएको थियो । सेवाग्राहीहरूको सहजताका लागि दर्ता, प्रारम्भिक परीक्षण तथा चिकित्सक परामर्शका लागि छुट्टाछुट्टै कक्षको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा प्रिस्टिन भ्याली ड्राइपोर्टतर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव मोहन झा, दिगोपन विभाग प्रमुख सुवजित नायक तथा आयात–निर्यात विभाग प्रतिनिधि राहुल पटेलको गरिमामय उपस्थिति रहेको थियो ।

त्यसैगरी नेशनल मेडिकल कलेजतर्फबाट प्रमुख सूचना अधिकृत इञ्जिनियर प्रदीप कुमार चौधरी, मार्केटिङ प्रबन्धक जितेश चन्द्र दास तथा विद्यार्थी क्लब अध्यक्ष डा. प्रशान्त भण्डारीको सहभागिता रहेको थियो ।

चिकित्सकीय सेवामा जेनरल फिजिसियन डा. सुधाकर झा तथा स्त्रीरोग विशेषज्ञ डा. मधु साहले प्रत्यक्ष रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरूले समुदायस्तरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउनु प्रारम्भिक रोग पहिचान, जनस्वास्थ्य प्रवर्द्धन तथा आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तारका लागि अत्यन्त महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । स्थानीयवासीहरूले यस्ता उपयोगी स्वास्थ्य शिविर आयोजना गरिएकोमा आयोजक संस्थाप्रति आभार व्यक्त गरेका छन् ।

निःशुल्क स्वास्थ्य शिविरले समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै सर्वसाधारणको आधारभूत स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको आयोजक पक्षले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल