29 December ,2025,Monday

वीरगंज वडा नं. १० मा शीतलहरबाट राहत वडाध्यक्ष सुशील कुमार कानुको नेतृत्वमा दुई दर्जनभन्दा बढी स्थानमा आगो ताप्ने व्यवस्था

अभिलाष गुप्ता

वीरगंज, १३ पुष । वीरगंजमा पछिल्लो केही दिनयता बढेको कठ्याङ्ग्रिँदो चिसो र शीतलहरका कारण जनजीवन अत्यन्त कष्टकर बनेको छ । बिहान–साँझको चिसोले दैनिक मजदुरी गर्ने श्रमिक, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणलाई प्रत्यक्ष असर पारेको छ ।

यही अवस्थालाई मध्यनजर गर्दै वीरगंज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले पुनः एकपटक आफ्नो दूरदर्शी सोच र जनताप्रतिको गहिरो संवेदनशीलता प्रस्तुत गर्दै वडावासीलाई राहत दिने मानवीय पहल सुरु गरेका छन् । वडाध्यक्ष कानुको नेतृत्वमा आइतबारदेखि वडाभित्रका दुई दर्जनभन्दा बढी स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ, जुन शीतलहर अन्त्य नहुन्जेलसम्म निरन्तर सञ्चालन हुने बताइएको छ ।

वडाध्यक्ष कानुका अनुसार विशेषगरी बाहिर बसेर काम गर्नुपर्ने मजदुर, रिक्सा चालक, सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गरी यो व्यवस्था गरिएको हो । आगो ताप्ने व्यवस्था ठाकुरराम क्याम्पस अगाडि, सत्या हल अगाडि, घडिअर्वा चोक, बाबा मठिया चोक, बनारसी चोक, वर्णवाल चोक, अशोक वाटिका चोक, रानीघाट चोक, घडिअर्वा गाउँ इनार अगाडि, प्रहरी चौकी अगाडि, कुमारी माई मन्दिर अगाडि, कर कार्यालय अगाडि, होली ल्यान्ड स्कुल अगाडि लगायत वडाका विभिन्न दुई दर्जनभन्दा बढी स्थानमा गरिएको छ ।

चिसोका कारण वडावासीहरू निकै पीडित छन्। उनीहरूको दैनिक जीवन सहज बनाउन र स्वास्थ्य सुरक्षाका लागि हामीले आगो ताप्ने व्यवस्था मिलाएका हौं वडाध्यक्ष कानुले भने । यो पहल वडाध्यक्ष कानुको निरन्तर जनसेवाको उत्कृष्ट उदाहरणका रूपमा लिइएको छ । अघिल्ला वर्षहरूमा पनि उनले यस्तै मानवीय कार्य गर्दै आएका थिए । यस वर्षको चिसोमा समेत उनको संवेदनशील निर्णयले सयौँ सर्वसाधारणले राहत पाएका छन् र स्थानीयवासीहरूले उनको कार्यको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् ।

वडाध्यक्ष सुशील कुमार कानु जस्ता जनप्रतिनिधिहरूले जनताको सुख–दुःखमा प्रत्यक्ष साथ दिने यस्ता कार्यहरू प्रशंसनीय छन् ।  यस्ता मानवीय पहलहरूले स्थानीय सरकारप्रति जनताको विश्वास अझ मजबुत बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल