28 December ,2025,Sunday

पटेर्वा सुगौलीमा विद्यालय बाहिर रहेका दलित बालबालिकाको शिक्षामा पहुँच विस्तारका लागि पालिका स्तरीय समन्वय बैठक सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १३ पौष । पटेर्वा सुगौली गाउँपालिका उपाध्यक्ष ममता महतोको अध्यक्षतामा विद्यालय बाहिर रहेका दलित बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्ने उद्देश्यले पालिका स्तरीय समन्वय तथा सहकार्य कार्यक्रम सम्पन्न भएको छ । दलित महिला संघ पर्साको सहजीकरणमा सञ्चालित उक्तकार्यक्रम शिक्षामा वकालत अभियान (CSE) अन्तर्गत आयोजना गरिएको हो ।

जातीय र लैंगिक भेदभाव विरुद्ध संघर्ष गर्दै न्यायपूर्ण समतामूलक समाज निर्माण गर्नु भन्ने मूल नारासहित सम्पन्न कार्यक्रम पटेर्वा सुगौली गाउँपालिकाको बैठक हलमा आयोजना गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि, समाजसेवी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा कुल ३६ जनाको उपस्थिति रहेको आयोजकले जनाएको छ ।

दलित महिला संघ पर्साकी अध्यक्ष निला रामको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यालय बाहिर रहेका बालबालिकालाई औपचारिक शिक्षाको पहुँचमा ल्याउन स्थानीय तह, विद्यालय र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो ।

सहभागीहरूले शिक्षामा पहुँच अभिवृद्धिका लागि सामूहिक पहल, सचेतना र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रमको समन्वय पटेर्वा सुगौली गाउँपालिका तथा सहकार्य कारखाना समूहले गरेको थियो भने कार्यक्रमको आयोजना दलित महिला संघले गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल