29 December ,2025,Monday

नेशनल मेडिकल कलेज र पशुपति आदर्श क्लबबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

वीरगंज, १४ पुष । नेशनल मेडिकल कलेज प्रा.लि. तथा पशुपति आदर्श क्लब, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्य सम्बन्धी महत्वपूर्ण सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता २०८२ साल पुस १४ गते नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगंज–१५, पर्सामा आयोजित कार्यक्रममा औपचारिक रूपमा कार्यान्वयनमा आएको हो ।

सम्झौताअनुसार पशुपति आदर्श क्लबका बोर्ड सदस्य, कर्मचारी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजमार्फत गुणस्तरीय, प्राथमिकतासहित तथा सहुलियतयुक्त स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइनेछ । सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार सेवा, क्यासलेस तेस्रो पक्ष बीमा सुविधा, अन–साइट क्लिनिक सञ्चालन तथा विशेष वेलनेस प्याकेजहरू प्रदान गरिने व्यवस्था गरिएको छ ।

सम्झौताअन्तर्गत ओपीडी सेवा, आकस्मिक उपचार, जनरल बेड, आईसीयू, शल्यक्रिया सेवा, विभिन्न ल्याब परीक्षण, रेडियोलोजी सेवा, फार्मेसी तथा अन्य आवश्यक स्वास्थ्य सेवामा विशेष सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।सम्झौताको अवधि एक वर्षको रहनेछ र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

सम्झौता कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल तर्फबाट शैक्षिक निर्देशक डा. रुबी श्रेष्ठ यास्मिन, प्रमुख सूचना अधिकृत इ. प्रदीप चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दास, वरिष्ठ प्रशासन अधिकृत विश्वनाथ कान्थ, मौलाना साव तथा पापु सिंहको उपस्थिति रहेको थियो।

त्यसैगरी पशुपति आदर्श क्लब तर्फबाट अध्यक्ष सन्तोष कुमार गुप्ता, उपाध्यक्ष किरण बहादुर कटवाल तथा सचिव सुरेश श्रीवास्तव सहभागी हुनु भएको थियो।

दुवै संस्थाबीच भएको यो सहकार्यले क्लबका सदस्य तथा कर्मचारीहरूको स्वास्थ्य सुरक्षालाई थप मजबुत बनाउँदै गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास व्यक्त गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल