29 December ,2025,Monday

वीरगंज महानगरको १९ औं नगर अधिवेशन सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १४ पुष ।  वीरगंज महानगरपालिकाको १९ औं नगर अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट यसअघि गएको असोजमा भएको विशेष अधिबेसनमा कटौति गरिएको वडाको २५ प्रतिशत बजेटलाई पुन थप गर्ने प्रस्ताब पारित भएको छ ।

गएको भदौ २३/२४ गते जेन्जी आन्दोलनका कारण महानगरमा भएको क्षतिपछि असोजमा विशेष अधिवेशन भएको थियो । विशेष अधिवेशनले महानगरको सबै संरचनामा क्षति पुगेकाले पुननिर्माणलाई प्राथमिकतामा राख्दै वडाको समेत बजेट कटौति गरेको थियो ।
पुननिर्माणका लागि आवश्यक स्रोत जुटाउँदै चालु आर्थिक वर्षमा १७ औं अधिवेशनले छुट्याएको वडातर्फको बजेटलाई यथावत रहने गरि अहिलेको अधिवेशनबाट पारित गरिएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।

उहाँले चालु आर्थिक वर्षको आजसम्म समग्र आय–व्ययको अवस्था समेत जानकारी गराउनु भएको थियो । अहिलेसम्म बिनियोजन गरिएको कुल तीन अर्ब २२ करोड रुपैयाँमध्ये १ अर्ब १३ करोड रुपैयाँ खर्च भएको पनि उहाँले जानकारी दिनुभयो । खर्चको प्रतिशत हेर्दा अहिलेसम्म बिनियोजित बजेटको ३३ प्रतिशत खर्च भएको छ । चालु खर्च तर्फ ३४.७८ प्रतिशत र पूँजीगत खर्च तर्फ ३२.६४ प्रतिशत रहेको प्रमुख सिंहले जाकारी दिनुभयो ।

महानगरपालिकाले यसै आर्थिक वर्षभित्र शुलभ औषधी पसल, प्रयोगशाला विस्तार, नगर अस्पताल संचालनमा ल्याउने लक्ष्य समेत राखेको छ । अधिवेशनमा उपप्रमुख इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्ण, ३२ वटै वडाका वडाध्यक्ष, वडा सदस्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल