29 December ,2025,Monday

प्याब्सन टी–१० क्रिकेट प्रतियोगितामा रोमाञ्चक खेलहरू, छात्र–छात्रातर्फ उत्कृष्ट प्रदर्शन

अभिलाष गुप्ता

वीरगंज, १४ पुष । निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) वीरगंजको आयोजनामा जारी दोस्रो संस्करणको प्याब्सन टी–१० गर्ल्स एण्ड जुनियर बोयज क्रिकेट प्रतियोगिता अन्तर्गत आदर्शनगरस्थित रंगशालामा विभिन्न विद्यालय बीचका रोमाञ्चक खेलहरू सम्पन्न भएका छन् । प्रतियोगितामा छात्र तथा छात्रा दुवै समूहका टोलीहरूले उत्साहजनक र प्रतिस्पर्धात्मक प्रदर्शन प्रस्तुत गरेका छन् ।

छात्रतर्फको पहिलो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले मनकामना मावि स्कुललाई ७ विकेटले पराजित गर्दै सहज जित निकालेको थियो। उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका नितिस पटेल म्यान अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा हेबेन एकेडेमी स्कुलले लिटिल फ्लावर सेकेन्डरी स्कुललाई ४८ रनले पराजित गर्‍यो। यस खेलका उत्कृष्ट खेलाडी पृथ्वी पटेल म्यान अफ द म्याच घोषित भए ।

छात्रातर्फको तेस्रो खेलमा साउथ जोन सेकेन्डरी स्कुलले एसआर ग्यालेक्सी सेकेन्डरी स्कुललाई १२ रनले हराउँदै जित हात पार्‍यो । खेलमा उत्कृष्ट प्रदर्शन गरेकी प्रीति साहनी म्यान अफ द म्याच घोषित भइन् ।

छात्रतर्फको अर्को खेलमा मनकामना मावि र लिटिल फ्लावर सेकेन्डरी स्कुलबीच भएको प्रतिस्पर्धा सुपर ओभरसम्म पुगेको थियो। रोमाञ्चक सुपर ओभरमा मनकामना माविले बाजी मार्दै खेल जित्न सफल भयो ।

यसैगरी, छात्रातर्फको अर्को खेलमा एसआर ग्यालेक्सी सेकेन्डरी स्कुलले बिकन एकेडेमी स्कुललाई ८ विकेटले पराजित गर्‍यो। उक्त खेलकी म्यान अफ द म्याच दीक्षा गिरी घोषित भइन् ।

छात्रतर्फको पाँचौँ खेलमा एसआर ग्यालेक्सी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई १५ रनले हरायो । यस्तै अर्को खेलमा लिटिल फ्लावर सेकेन्डरी स्कुलले गोल्डेन फ्युचर एकेडेमी स्कुललाई ७ विकेटले पराजित गर्दै जित दर्ता गर्‍यो । यस खेलका म्यान अफ द म्याच राजन साह घोषित भए ।

प्याब्सन वीरगंज महानगर सचिव अमित आलोकले प्रतियोगिताले विद्यालयस्तरका बालक–बालिकाको खेल प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल