31 December ,2025,Wednesday

चक्रघट्टा गाउँपालिकामा डा. अमृत आचार्यको नेतृत्वमा निःशुल्क मोतियाबिन्दु आँखा शिविर सम्पन्न, २०९ जनाको शल्यक्रिया

अभिलाष गुप्ता

वीरगंज, १५ पुष । सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिकामा गाउँपालिकाकै पहलमा आयोजना गरिएको निःशुल्क मोतियाबिन्दु आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ । २०८२ साल पुस ११ गतेदेखि १३ गतेसम्म सञ्चालन गरिएको उक्त शिविरबाट कुल ९१८ जना सर्वसाधारणले निःशुल्क आँखा परीक्षण तथा औषधि सेवा प्राप्त गरेका छन् ।

शिविरअन्तर्गत २०९ जना मोतियाबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामीले जानकारी दिनुभएको छ । शल्यक्रिया तथा ओपीडी सेवा भरतपुर आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अमृत आचार्य तथा उहाँको टोलीद्वारा प्रदान गरिएको थियो ।

शिविर सञ्चालनमा प्राविधिक सहयोग नेपाल नेत्र ज्योति संघ तथा भरतपुर आँखा अस्पतालले गरेका थिए भने बितिय सहयोग आरयूआईटी फाउन्डेसनले उपलब्ध गराएको थियो । यस्तै, आर्थिक सहयोग चक्रघट्टा गाउँपालिका, सर्लाहीबाट गरिएको थियो। शिविरको आयोजना जनशक्ति युवा क्लबले गरेको हो ।

उक्त आँखा शिविरमा चक्रघट्टा गाउँपालिकाकी उपप्रमुख श्रीमती मीना देवी रायले समेत मोतियाबिन्दुको शल्यक्रिया गराउनुभएको छ । उपप्रमुख रायले सर्वसाधारण नागरिकहरूसँगै एउटै शिविरमार्फत उपचार गराएर सेवा, विश्वास र समानताको उत्कृष्ट उदाहरण प्रस्तुत गर्नुभएको डा. धामीले बताउनुभयो ।

स्थानीय तहको सक्रियता, विभिन्न संघ–संस्थाको सहकार्य तथा चिकित्सक टोलीको समर्पणका कारण दुर्गम तथा आर्थिक रूपमा कमजोर नागरिकहरूले निःशुल्क गुणस्तरीय आँखा उपचार सेवा पाएको स्थानीयवासीहरूले बताएका छन् ।  गाउँपालिकाले आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल