11 July ,2026,Saturday

रक्सौलमा निःशुल्क नेत्र जाँच शिविर सम्पन्न, १५० भन्दा बढी सेवाग्राही लाभान्वित

रक्सौल, पूर्वी चम्पारण १५ पुष । आज मंगलबार रक्सौल शहरको पोस्ट अफिस रोडस्थित श्रीराम जानकी मन्दिर परिसरमा भारत विकास परिषद तथा श्रीराम जानकी मन्दिर सह विवाह भवन समितिको संयुक्त आयोजनामा निःशुल्क नेत्र जाँच शिविर सम्पन्न भएको छ ।

शिविरको उद्घाटन सिद्धि आई केयरका डा. आदित्य प्रसाद र डा. बिपिशा श्रेष्ठ, भारत विकास परिषद शाखा रक्सौलका संरक्षक भरत प्रसाद गुप्त र अवधेश सिंह, श्रीराम जानकी मन्दिर सह विवाह भवन समितिका अध्यक्ष विनोद गुप्ता तथा सचिव शिवपूजन प्रसादले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । त्यस अवसरमा डा. आदित्य प्रसाद र डा. बिपिशा श्रेष्ठलाई अंगवस्त्र प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा डा. आदित्य प्रसाद र डा. बिपिशा श्रेष्ठले आँखालाई शरीरको अत्यन्त महत्वपूर्ण र संवेदनशील अंग बताउँदै यसको उचित हेरचाह नगरे गम्भीर नेत्र रोग हुन सक्ने जानकारी दिनुभयो । उहाँहरूले आजको व्यस्त र तनावपूर्ण जीवनशैलीका कारण मायोपिया (नजिक नदेख्ने), हाइपरोपिया (टाढा नदेख्ने) तथा उमेरसँग सम्बन्धित आँखाका समस्या बढ्दै गइरहेको उल्लेख गर्दै समयमै उपचार गरे अन्धोपन तथा गम्भीर नेत्र रोगबाट बच्न सकिने बताउनुभयो ।

शिविरमा आएका सबै सेवाग्राहीहरूको सिद्धि आई केयर अस्पतालका डा. आदित्य प्रसाद र डा. बिपिशा श्रेष्ठसँगै अप्टोमेट्रिस्ट पूजा शाह, अफ्थाल्मिक असिस्टेन्ट पूजा चौधरी र पिंकी चौधरीले सक्रिय रूपमा जाँच तथा परामर्श सेवा प्रदान गर्नुभएको थियो ।

शिविरमा १५० भन्दा बढी बिरामीको आँखाको जाँच गरिएको थियो। अधिकांश बिरामीमा आँखाको रातोपन, पानी बग्ने, कम देखिने समस्या तथा मोतियाबिन्दुको समस्या देखिएको जनाइएको छ। शिविरमा आएका सबैले निःशुल्क जाँच, चिकित्सकीय परामर्श, औषधि तथा चश्मा जाँचको सुविधा प्राप्त गरेका थिए। जाँचका क्रममा ३५ जना बिरामी मोतियाबिन्दुबाट पीडित भेटिएका छन् ।

भारत विकास परिषदका उपाध्यक्ष तथा कार्यक्रम संयोजक सुनील कुमारले ‘नर सेवा नारायण सेवा’को भावनालाई आत्मसात गर्दै शिविर आयोजना गरिएको बताउनुभयो । उहाँका अनुसार शिविरमा दर्ता भएका मोतियाबिन्दु वा अन्य नेत्र समस्याबाट ग्रसित बिरामीहरूले सिद्धि आई केयरमा एक महिनासम्म निःशुल्क ओपीडी सेवा तथा जाँच र अपरेशनमा २५ देखि ३५ प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।

शिविर सफल बनाउन रजनीश प्रियदर्शी, उमेश सिकारिया, रमेश कुमार, नितेश कुमार सिंह, अरविन्द जायसवाल, अजय कुमार, विजय कुमार साह, सुनील कुमार, लायन्स क्लब अध्यक्ष विमल सर्राफ, सन्तोष सिंह, दिनेश प्रसाद, दीपक कुमार गुप्ता, बब्लु केशरीवाल, सन्नी पटेल लगायतको उल्लेखनीय योगदान रहेको थियो। उक्त जानकारी मन्दिर समितिका मिडिया प्रभारी रजनीश प्रियदर्शीले दिनुभएको हो ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...