31 December ,2025,Wednesday

तेस्रो इन्टरनेशनल जेन–क्योकुशिन फ्रेन्डसिप कप करातेमा नेपालको शानदार प्रदर्शन, ३० मेडल जित्दै इतिहास रच्यो

वीरगंज, १५ पुष । भारतको वेस्ट बंगालस्थित प्याराडांगामा डिसेम्बर २७ र २८, २०२५ मा सम्पन्न तेस्रो इन्टरनेशनल जेन–क्योकुशिन फ्रेन्डसिप कप फुल कन्ट्याक्ट कराते प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ। नेपाल, भारत र रसियाका खेलाडीहरूको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाल जेन–क्योकुशिन कराते संघको तर्फबाट ३० खेलाडी सहभागी थिए ।

नेपाल टोलीको नेतृत्व ब्रान्च चिफ भिखारी साह, केन्द्रीय महासचिव हेराकाजी देशार, पर्सा प्रमुख रवी यादव, पर्सा जिल्ला प्रशिक्षक बिक्रम शाह, ललितपुर जिल्ला अध्यक्ष रमेश देशार तथा सहायक रेफ्री दिलिप देशार, दिलिप नगरकोटी लगायतले गरेका थिए।

प्रतियोगितामा नेपालले जम्मा ३० मेडल जित्न सफल भएको छ, जसमा ९ स्वर्ण, १९ रजत र २ कांस्य मेडल रहेका छन् ।बागमती प्रदेशबाट ४ स्वर्ण मेडल नन्दिका राई, छिवासाङ तामाङ, एलिज घलान र आमेश राईले जिते । सोही प्रदेशबाट ४ रजत मेडल श्रेया नगरकोटी, अपित दिमदुङ, इतिहास प्रजा र सौगात संजेलले प्राप्त गरे भने २ कांस्य मेडल अदिप घिमिरे र फुलसाङ तामाङले जित्न सफल भए । 

मधेश प्रदेश अन्तर्गत बारा जिल्लाबाट ९ रजत मेडल पृथ्वी साह, साजन पटेल, आर्यण गुप्ता, गौतम पटेल लगायतले जिते । पर्सा जिल्लाबाट अनिशा यादवले ८ रजत मेडल जितिन्। साथै, इमरान मिया, आशिष पटेल, रक्की पटेल, अरणजेब अन्सारी, अमन यादव, आदित्य सहनी, राकेश चौरसिया, अमरदीप सहनी, सुनेश दास तात्वा, कृष्णा महतो खुलवट र धर्मेन्द्र ठाकुरले समेत विभिन्न तौल समूहमा रजत मेडल जित्दै नेपालको पदक संख्या बढाएका छन् ।

अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली खेलाडीहरूको अनुशासन, मेहनत र साहसिक प्रदर्शनले देशको खेलकुद क्षेत्रको गरिमा उच्च बनाएको आयोजक तथा प्रशिक्षकहरूले बताएका छन् । नेपाली कराते खेलाडीहरूको यो उपलब्धिलाई खेलकुदप्रेमीहरूले ऐतिहासिक सफलता रूपमा लिएका छन् ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल