31 December ,2025,Wednesday

श्री राम मन्दिरको तेस्रो वार्षिक उत्सवमा माइस्थान मन्दिर परिसर सरसफाइ अभियान सम्पन्न

अभिलाष गुप्ता

वीरगंज, १६ पुष  । श्री राम मन्दिरको तेस्रो वार्षिक उत्सवको अवसरमा आज माइस्थान मन्दिर परिसरमा वृहत् सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।  वडा प्रहरी कार्यालय विर्ताका प्रहरी प्रमुख बिक्रम सुबेदीको विशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजार, सशस्त्र प्रहरी बल नेपाल, वीरगंज महानगर पालिकाका कर्मचारीहरू तथा सनातनी श्रद्धालुहरूको सक्रिय सहभागिता रहेको थियो ।

धार्मिक तथा सांस्कृतिक स्थलको स्वच्छता र संरक्षणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको यस सरसफाइ अभियानमा मन्दिर परिसर र वरपरका सार्वजनिक स्थानहरू सफा गरिनुका साथै फोहोर व्यवस्थापनबारे सचेतना मूलक सन्देश पनि दिइएको थियो ।

कार्यक्रमको अगुवाइ सामुदायिक प्रहरी सेवा केन्द्र मिना बजारका उपाध्यक्ष प्रवेश सर्राफले गरेका थिए । कार्यक्रममा वडा प्रहरी कार्यालय विर्ता, सशस्त्र प्रहरी बल, वीरगंज महानगरपालिकाका कर्मचारीहरूका साथै स्थानीय समुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो । सरसफाइ अभियानमा अमर सर्राफ, रमिता माया गुप्ता तथा माइस्थान क्षेत्रका युवाहरूको विशेष सहभागिता रहेको आयोजकले जानकारी दिएका छन् ।

कार्यक्रम समापनमा आयोजक सामुदायिक प्रहरी सेवा केन्द्र मिनाबजारले यस पुण्य कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ । धार्मिक स्थलको स्वच्छता र सुन्दरता कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल