12 July ,2026,Sunday

नेशनल मेडिकल कलेजमा शैक्षिक नेतृत्वको सम्मान, नयाँ कन्फरेन्स हल उद्घाटन

वीरगंज, २३ पुष । वीरगंजस्थित नेशनल मेडिकल कलेजमा चिकित्सा शिक्षाको नेतृत्वलाई सम्मान गर्दै इन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयका डीन प्रा.डा. मोहन राज शर्मा तथा महाराजगंज मेडिकल क्याम्पसका क्याम्पस प्रमुख प्रा.डा. सुरेश उप्रेतीलाई विशेष सम्मान गरिएको छ ।

सम्मान कार्यक्रमसँगै नेशनल मेडिकल कलेज परिसरभित्र नवनिर्मित अत्याधुनिक कन्फरेन्स हलको औपचारिक उद्घाटन समेत गरिएको थियो । कार्यक्रमको अध्यक्षता नेशनल मेडिकल कलेजका अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले गर्नुभएको थियो ।

कार्यक्रममा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका व्यवस्थापकीय निर्देशक शहनवाज अन्सारी, अस्पताल निर्देशक डा. इश्रत जहाँ अन्सारी, एकेडेमिक निर्देशक डा. रुबी श्रेष्ठ, एडमिसन तथा मार्केटिङ निर्देशक अबिद हुसेन अन्सारी, कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसिया, उपप्राचार्यहरू, विभागीय प्रमुख, शिक्षक, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

राष्ट्रिय गान तथा अतिथिहरूद्वारा संयुक्त रूपमा पानस प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । स्वागत मन्तव्य कार्यवाहक प्राचार्य प्रा.डा. आनन्द कुमार चौरसियाले व्यक्त गर्नुभएको थियो । वक्ताहरूले नेशनल मेडिकल कलेजले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा, अनुसन्धान र सामाजिक उत्तरदायित्वका क्षेत्रमा पुर्‍याएको योगदानको खुलेर प्रशंसा गरेका थिए ।

सम्मान समारोहमा प्रमुख अतिथि प्रा.डा. मोहन राज शर्मा र अतिथि सम्माननीय प्रा.डा. सुरेश उप्रेतीलाई दोसल्ला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो । सम्मानित अतिथिहरूले चिकित्सा शिक्षाको गुणस्तर सुधार, शैक्षिक संस्थाबीच सहकार्य र स्वास्थ्य सेवा प्रवर्द्धनका विषयमा धारणा राख्नुभयो ।

कार्यक्रमको धन्यवाद ज्ञापन उपप्राचार्य प्रा.डा. रवि शंकर गुप्ताले गर्नुभएको थियो भने समापन मन्तव्य अध्यक्ष प्रा.डा. जैनुद्दीन अन्सारीले दिनुभएको थियो । कार्यक्रमले नेशनल मेडिकल कलेज र राष्ट्रिय स्तरका शैक्षिक तथा स्वास्थ्य संस्था बीचको सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...