spot_img

19 January ,2026,Monday

मुनलाइट सेकेन्डरी स्कूलको शानदार सुरुवात, नेपाल कावेरी एकेडेमीमाथि ६–१ को फराकिलो जित

अभिलाष गुप्ता

वीरगंज, ०४ माघ । डी.ए.भी. आर.बी. केडिया स्कूलद्वारा सञ्चालित “श्री शंकरलाल केडिया स्मृति अन्तर–विद्यालय फुटबल प्रतियोगिता २०८२” अन्तर्गत आज सम्पन्न पहिलो खेलमा मुनलाइट सेकेन्डरी स्कूल ले उत्कृष्ट प्रदर्शन गर्दै नेपाल कावेरी एकेडेमी लाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गरेको छ ।

खेलको सुरुवातदेखि नै आक्रामक रणनीति अपनाएको मुनलाइट सेकेन्डरी स्कूलले बलमाथि नियन्त्रण कायम राख्दै लगातार आक्रमणहरू गर्‍यो । पहिलो हाफमै स्पष्ट अग्रता बनाएको मुनलाइटले दोस्रो हाफमा पनि आफ्नो लय कायम राख्दै थप गोल गर्न सफल भयो ।

नेपाल कावेरी एकेडेमीले एक गोल फर्काए पनि मुनलाइटको संगठित टिमवर्क र आक्रामक खेलशैलीअगाडि टिक्न सकेन । खेलमा मुनलाइट सेकेन्डरी स्कूलका सुरेश मुखिया ले शानदार व्यक्तिगत प्रदर्शन गर्दै निर्णायक भूमिका खेले । उनको उत्कृष्ट खेलकै आधारमा उनलाई “म्यान अफ द म्याच” को उपाधिबाट सम्मानित गरिएको हो ।

प्रतियोगिताको पहिलो खेलमै दर्शकहरूलाई रोमाञ्चक खेलको अनुभूति दिलाएको यस प्रतिस्पर्धाले आगामी खेलहरू अझ प्रतिस्पर्धात्मक र उत्साहजनक हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल