spot_img

19 January ,2026,Monday

वीरगंज स्कुल अफ लमा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न, कानुनी शिक्षाको विस्तारबारे महत्वपूर्ण घोषणा

अभिलाष गुप्ता

वीरगंज, ०४ माघ ।  वीरगंज स्कुल अफ लद्वारा बि.ए.एल.एल.बि. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूको स्वागत तथा विभिन्न व्यक्तित्वहरूको सम्मानका लागि विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम क्याम्प प्रमुख तथा वरिष्ठ अधिवक्ता चन्द्रीका प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालय (रा.ज.वि.) मानविकी तथा कानुन संकायका डीन प्राध्यापक डा. नरेन्द्र कटुवाल रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा सहायक डीन समीप घिमिरेको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बि.ए.एल.एल.बि. प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको थियो। साथै, उच्च बार वीरगंजका अध्यक्ष अधिवक्ता शैलेन्द्र वर्मा र पर्सा जिल्ला अदालत बारका अध्यक्ष रामनारायण कुर्मीले न्याय क्षेत्र तथा कानुनी शिक्षामा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।

यसै अवसरमा बार काउन्सिलको ३३ औँ परीक्षामा प्रदेशमै छैटौँ स्थान हासिल गर्न सफल अधिवक्ता रितिक यादवलाई कार्यक्रमका विशेष अतिथि अधिवक्ता शिव कोइराला र अधिवक्ता चन्द्रीका प्रसाद पटेलले संयुक्त रूपमा दोसल्ला ओढाई सम्मान–पत्र प्रदान गर्नुभएको थियो ।


कार्यक्रममा प्रा. डा. हरेराम ठाकुर, सह–प्राध्यापक इन्दुशेखर मिश्र, उप–प्राध्यापक दिलिप सिंह, डा. वासुलाल कर्ण, साहित्यकार प्रमोद कुमार पाण्डे ‘हेरम्ब’, पर्सा बारका पूर्व अध्यक्ष अधिवक्ता रामाशिस यादव, सुनिल यादव, पर्सा जिल्ला अदालतका श्रेस्तेदार प्रभाकर मल्लिक, सरकारी वकिल उपन्यायाधिवक्ता बुधिलाल श्रेष्ठ, सहायक जिल्ला न्यायाधिवक्ता महेस अर्याल, बालरोग विशेषज्ञ डा. इलताफ अन्सारी, स्कुल अफ लका सहायक प्राध्यापकहरू, प्रथम तथा दोस्रो वर्षका विद्यार्थीहरू र विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा दोस्रो वर्षका विद्यार्थीहरूले आकर्षक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप रमाइलो बनाएका थिए।मन्तव्यका क्रममा प्रमुख अतिथि डीन डा. कटुवालले रा.ज.वि. अन्तर्गत २ वर्षे एल.एल.एम., ३ वर्षे एल.एल.बि. र ५ वर्षे बि.ए.एल.एल.बि. कार्यक्रम सफलतापूर्वक सञ्चालनमा आएको बताउँदै छिट्टै बिरगंज स्कुल अफ लमै यी तीनै कार्यक्रम सञ्चालन गरिने महत्वपूर्ण घोषणा गर्नुभयो ।

विशिष्ट अतिथि सहायक डीन घिमिरेले विद्यार्थीहरूलाई इमानदार, अनुशासित र मेहनती भई अध्ययनमा लाग्न प्रेरणा दिनुभयो । विशेष अतिथि अधिवक्ता शिव कोइरालाले कानुनका विद्यार्थीहरूलाई सम्पूर्ण विद्यार्थी जीवनभर अध्ययनशील रहन आग्रह गर्नुभयो।
कार्यक्रमको सञ्चालन दोस्रो वर्षका विद्यार्थी अम्बिका कर्ण र आशुतोष महतोले गर्नुभएको थियो ।

कानुनी शिक्षा, विद्यार्थी प्रेरणा तथा उपलब्धिको सम्मानलाई केन्द्रमा राखेर सम्पन्न यस कार्यक्रमले वीरगंज स्कुल अफ ललाई क्षेत्रीय कानुनी शिक्षाको महत्वपूर्ण केन्द्रका रूपमा थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल