spot_img

30 January ,2026,Friday

राष्ट्रीय स्वयंसेवक संघको शताब्दी वर्षको अवसरमा रक्सौलमा आयोजना हुने भव्य हिन्दू सम्मेलनको तयारी तीव्र

अभिलाष गुप्ता

रक्सौल, १५ माघ । राष्ट्रीय स्वयंसेवक संघको शताब्दी वर्षको अवसरमा रक्सौलमा आयोजना हुने भव्य हिन्दू सम्मेलनको तयारी तीव्र रूपमा अघि बढिरहेको छ। समग्र हिन्दू उत्थान समितिको आयोजनामा रक्सौल छत्रपति शिवाजी बस्तीअन्तर्गत पोस्ट अफिस रोडस्थित श्रीराम जानकी मन्दिर सह विवाह परिसरमा शनिबार ३१ जनवरी २०२६ का दिन साँझ ५ बजेदेखि राति ८ बजेसम्म सम्मेलन सम्पन्न हुने तय भएको छ। यस ऐतिहासिक कार्यक्रमलाई लिएर रक्सौल नगर तथा आसपासका क्षेत्रमा उत्साहको माहोल देखिएको छ।

सम्मेलन सफल बनाउन समितिका पदाधिकारी तथा स्वयंसेवकहरू निरन्तर बैठक, जनसम्पर्क, पर्चा वितरण तथा व्यवस्थागत तयारीमा जुटिरहेका छन्। सम्मेलनमार्फत हिन्दू समाजलाई संगठित गर्ने, सांस्कृतिक चेतनालाई सशक्त बनाउने तथा सामाजिक समरसताको सन्देश प्रवाह गर्ने उद्देश्य लिइएको छ।

आयोजनास्थलमा मञ्च निर्माण, ध्वनि व्यवस्था, अतिथि स्वागतलगायत आवश्यक तयारीलाई अन्तिम रूप दिइँदैछ। साथै नगरभर पोस्टर–ब्यानर तथा प्रचार अभियानमार्फत आम नागरिकलाई सम्मेलनमा सहभागी गराउने प्रयास भइरहेको छ।

समितिका सचिव धीरज कुमारले जानकारी दिँदै राष्ट्रिय स्वयंसेवक संघको शताब्दी वर्षमा आयोजना गरिएको यो हिन्दू सम्मेलन समाजका लागि प्रेरणाको स्रोत बन्ने र हिन्दू एकता तथा राष्ट्रभक्तिको भावना अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। सम्मेलनमा समाजसेवी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

उहाँका अनुसार तीन सत्रमा सम्पन्न हुने कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघका जिल्ला प्रचारक शिवम सोनूजीको बौद्धिक सम्बोधन रहनेछ भने श्रीराम जानकी म्युजिकल ग्रुप, जानकी स्थान सीतामढ़ीकी सञ्चालिका सुप्रसिद्ध भजन गायिका जूहीराज एण्ड मण्डलीद्वारा संगीतमय भजन प्रस्तुत गरिनेछ। सम्मेलनको समापन प्रसाद वितरणसँगै गरिनेछ।

समितिले रक्सौलमा आयोजना हुने यो हिन्दू सम्मेलन सामाजिक चेतना र सांस्कृतिक पुनर्जागरणको सशक्त मञ्च सावित हुने विश्वास व्यक्त गरेको छ।

 

प्रतिक्रिया लेख्नुहोस् ।
spot_img
spot_img
neelambads

विज्ञापन

पर्साका स्थानीय पालिकाको विज्ञापन

बाराका स्थानीय पालिकाको विज्ञापन

रौतहटका स्थानीय पालिकाको विज्ञापन

ताजा अपडेटस

Page Image

◄ पढ्न छुटाउनुभयो कि ? ►

बिहेको प्रस्ताव अस्वीकार गरेपछि दुईको हत्या

चन्द्रौटा, १८ जेठ कपिलवस्तुको बाणगङ्गामा दुई जनाको हत्या गरिएको छ । बिहेको प्रस्ताव अस्वीकार गर्दा उनीहरूको हत्या भएको कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताउनुभयो । बाणगङ्गा नगरपालिका–६ मटेरियाका ७०...

सहज इन्धन आपूर्तिका लागि बन्ने भए पेट्रोलियम पाइपलाइन

–विशेष समाचारदाता रमेश लम्साल नयाँदिल्ली, १८ जेठ (रासस) : इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइप लाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको छ । प्रधानमन्त्री...

कल्याण ज्वेलर्स – स्थान: लक्ष्मीपुर, रक्सौल